२०८० जेष्ठ १७ बुधबार

कोरोना कहर सुध्रिए मात्र परीक्षा

साउन-१६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोराना भाइरस (कोभिड-१९)का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ ।

यस क्रममा विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएमा र कुनै विषम परिस्थिति सिर्जना नभएको अवस्थामा स्नातक तहको भदौ अन्तिम हप्ता र स्नातकोत्तर तहको भदौ तेस्रो साताबाट परीक्षा लिने तयारी भइरहेको जनाएको छ ।

यसअघि सरकारले भदौ १ बाट कक्षा सञ्चालन, शैक्षिक गतिविधि एवं परीक्षा सञ्चालनका लागि बाटो खोलेपछि भदौ पहिलो साताबाट स्थगित परीक्षा लिने घोषणा विश्वविद्यालयले गरेको थियो ।

तर, त्रिविको परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी स्नातक तहको परीक्षा सुरु हुनुभन्दा ३० दिन पहिले र स्नातकोत्तर तहका हकमा २० दिने पहिले सूचित गरिने जानकारी दिएको हो ।

२०७७ श्रावण १६, शुक्रबार ०९:३१ गते 1 Minute 8 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।