२०८० चैत्र १६ शुक्रबार

गीतकार मुना बान्तावा राईको भाग्य लेख्ने मसि सार्वजनिक

साउन-१७, धरान। लामो समयदेखी साहित्यमा कलम चलाइरहेकी मुना बान्तावा राईको भाग्य लेख्ने मसी बोलको म्युजिक भिडियो हिजो सार्वजनिक भएको छ ।
वैदेशिक रोजगारको क्रममा हाल ओमानमा रहेकी मुना वान्तावाको सो गीतमा मिलन बम्जनको स्वर रहेको छ भने सङ्गीत देवेश राईको रहेको छ । पछिल्लो समयका नयाँ पुस्ताले माया पिरतीमा भोग्नु परेको पीडालाई प्रेम कथामा उतारिएको सो म्युजिक भिडियोमा अभिनय मोडल सुरज तामाङ, सोभा थापा र होम रोक्काले गरेका छन् । यो गीतलाई बजारमा मिरर लाइट प्रोडोक्सनले बजारमा ल्याएको हो ।
सो गीतको निर्देशन, सम्पादन र छायांकन देवेन्द्र पुनले गरेका छन् । सुनसरीको नडाहामा जन्मेकी मुनाले गीतका अलवा गजल र कवितामा पनि निरन्तर कलम चलाउदै आएकी छिन् ।
यसअघि पनि उनको गीतहरु रेकर्ड भैसकेका छन् भने, विभिन्न पत्रपत्रिकामा विविध विधाका रचनाहरु प्रकाशित भइसकेका छन् । सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै गीतबारे गीतकार मुना भन्छिन् “मैले अहिलेको युवा पिढीले गर्ने माया र पिरतीको प्रसङ्गलाई उठान गरेकी छु । यो गीत सबैले सुनेर कन्जुस्याइँ नगरी प्रतिक्रिया दिनुभयो भने म आफ्ना कमजोरीहरु सुधार्ने मौका पाउँछु । जसले गर्दा लेखनमा म निखारिन सक्छु। “

 

२०७७ श्रावण १७, शनिबार १७:०७ गते 1 Minute 126 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार