
साउन-२१, धरान। कोभिड -१९ भाईरसको संक्रमण समुदाय स्तरमा फैलिदै गएको भन्दै धरान उपमहानगरपालिकाले ७ दिन लकडाउन गर्ने निर्णय गरेको छ ।
कार्यपालिकामा आज बसेको बैठकले आज मध्यराती १२ बजेदेखि साउन २८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउन समयावधिमा औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारीसाधनहरु बन्द गर्ने निर्णय भएको २० नम्बर वडाका वडाध्याक्ष्य तथा धरान उप महानगरपालिकाका प्रबक्ता मणिराम राइले जानकारी दिए ।
लकडाउनमा एम्बुलेन्स, शववहान बाहेक अन्य सवारीसाधनहरुमा पनि पुर्ण रोक लगाइनेछ । धरानमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि समुदाय स्तरमा थप फैलिन नदिन लकडाउन गरिएको समेत प्रबक्ता राईले बताए।
440000cookie-checkआज मध्यराती १२ बजेदेखि धरानमा लकडाउन गर्ने निर्णय, औषधी पसलबाहेक सबै बन्द गरिने