
–विशाल “रसिक” राई
साउन-२१, धरान । ताप्लेजुङ आइडल, यूट्यूबमा करोड क्लवका मालिक “पछि पछि लाएर, तिम्रै नजिक आएर” बोलको गीतको एकाएक सफलता पछि “शखर चिनी” बोलको सुगर फ्री गीत बजारमा लिएर आएका छन।
गायक पदम राई र मेलिना राईको सुमधुर आवाजमा रहेको यस गीतमा चर्चित संगीतकार शंकर थापा स्माइलको संगीत रहेको छ भने चर्चित गितकार डि.पी. खनालको शब्द रचना रहेको छ।
नेपाली गित संगीतको क्षत्रमा दशकौंदेखि संघर्षरत गायक पदम “पछि पछि लाएर” मेलिना राईसंग गाएको गीतले सफलता पाएपछि अहिले लोभलाग्दो चर्चा बटुली रहेका छन गायक पदम राई । आफ्नो सफलता र चर्चा सेलाउनु नपाउदै फेरि अर्को धमाकेदार प्रस्तुति यस म्युजिक भिडियो दर्शक श्रोता माझ लिएर आएका छ्न । जसमा चर्चित नेपाली डान्स ग्रुप कार्टुनक्रुका आश्मा बिश्वकर्मा र सरोज अधिकारीको सुन्दर नृत्यमा गज्जबको केमिस्ट्री देख्न सकिन्छ।
यश भिडियो गम्भीर विष्टले निर्देशन गरेका छन् भने भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका छन् साथै नवीन निरौलाको सम्पादन देख्न सकिन्छ ।
भिडियो “केन्द्र मोसन पिक्चर्स”को अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो लिङ्क तल हेर्नुहोस्..…