
-प्रकाश दिप्साली राई
साउन-२२, नडाह । स्वयं जनताको सङ्लग्नतामा निर्माण भैरहेको वराहक्षेत्र नगरपालिका वार्ड नम्बर -३ को वडा कार्यालय निर्माणका निम्ति आफ्नो पितृ काका काकीको नाममा भतिजो गोपाल विष्टले हाल सम्मकै ठूलो रकम रु.२ लाख १ हजार सहयोग गरेका छन् ।
धरान-१७ निवासी गोपाल विष्टले आफ्ना पितृहरु स्वर्गीय मान बहादुर बिष्ट र सरस्वती बिष्टको सम्झनामा सो रकम निर्माण समितिका अध्यक्ष केशव पुरी , समितिका कोषाध्यक्ष भिमदल राई र वराहक्षेत्र -३ का वडाअध्यक्ष रुद्र दाहाललाई संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका हुन् ।
उक्त रकम बुझ्दै निर्माण समितिका अध्यक्ष केशव पुरीले यो अहिले सम्मकै ठूलो रकम भएको र यस्ता सहयोगले आफुहरुलाई काम गर्न हौसला मिलेको बताए ।
यता वडाअध्यक्ष रुद्र दाहालले वडाकार्यालय निर्माणका निम्ति सोचेको भन्दा उल्लेख्य सहयोग प्राप्त भएको र जनताहरु आफ्नो संरचना आफै निर्माण गर्न कति लालायीत रहेछन् भन्ने यो ज्वलन्त उदाहरण पनि रहेको बताए ।
दाताहरुको सहयोगलाई वडाले सदा उच्च मुल्याङ्कन गर्ने वडा अध्ययक्ष दाहालले बताए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।