२०८० मंसिर १४ बिहीबार

तत्काल किरात प्रदेश नाम राख्न माग गर्दै यायोक्खाले मनायो ३३ औं स्थापना दिवस

साउन-२२, मोरङ । किरात राई यायोक्खाले आफ्नो ३३ औं स्थापना दिवसको अवसरमा १ नम्बर प्रदेशको नाम किरात राख्न सरकारसँग आग्रह गरेको छ ।

राई समुदायको साझा सस्था यायोक्खाले बिहिबार ३३ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा किरात प्रदेश नाम राख्न सरकारलाई पुन माग गरेको हो ।

यायोक्खाको किरात प्रदेश अभियान केन्द्रीय उपसमितिले मोरङको बेलबारीमा आयोजित अन्तरकृया कार्यक्रममा प्रदेशको नाम तत्काल किरात राख्न अनुरोध गरेका हुन । नाम राख्न ढिलो नगर्न प्रदेश सरकारलाई अनुरोध गर्दै साझा पहिचानको आधारमा किरात नाम राख्न यायोक्खाले अभियानकै रुपमा दिवस मनाएको हो ।

बेलबारी साकेलाथानमा आयोजित कार्यक्रममा यायोक्खा केन्द्रीय उपाध्यक्ष तथा १ नम्बर प्रदेश ईन्चार्ज तिलकप्रसाद राई, प्रचार बिभाग प्रमुख रहेका केन्द्रीय सचिव अर्जुन जम्नेली राई, केन्द्रीय सदस्य नवीन राई, जिल्ला अध्यक्ष नरहाङ राई लगायतले विचार राखेका थिए ।

कार्यक्रममा आगामी राष्ट्रिय जनगणनामा जातिको महलमा राई, धर्मको महलमा किरात, पूर्खौली भाषा र मातृ भाषाको महलमा आ-आफ्नो भाषा लेखाउन गाउँगाउँबाट अभियान चलाउनु पर्ने बक्ताहरुले बताएका थिए । कोदोको तीनपाने रक्सीलाई ब्राण्ड बनाउन सबैठाउँबाट पहल थाल्नुपर्ने समेत बक्ताहरुले बताएका थिए ।

मातृ भाषा अभियानको रुपमा जहाँ जुन भाषिक राईको बाहुल्यता छ त्यहाँ सोही भाषामा आधारभूत तहको बिद्यालयमा पठन पाठनको पहल गर्नुपर्ने केन्द्रीय सचिव अर्जुन जम्नेली राईले बताए ।

यायोक्खा पथरीशनिश्चरे नगर समितिको अध्यक्ष प्रेम राईको अध्यक्षमा नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यमा अन्तरकृया कार्यक्रम भएको थियो । यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको सभापतित्वमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी उपाध्यक्ष गोकुल घर्तीमगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा भर्खरै विशिष्ट श्रेणी सचिवमा बढुवा भएका सागर राई र वीरबहादुर राईलाई सम्मान गर्दै केन्द्रीय कार्यालय कोटेश्वरमा स्थापना दिवस मनाएको यायोक्खा महासचिव जनक राईले बताए ।

यायोक्खा झापा, इलाम, खोटाङ जिल्लामा पनि किरात प्रदेश अभियानको रुपमा स्थापना दिवस मनाएको केन्द्रीय प्रचार बिभाग प्रमुख अर्जुन जम्नेली राईले बताए ।

२०७७ श्रावण २२, बिहीबार १५:२६ गते 1 Minute 32 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार