
-प्रकाश दिप्साली राई
साउन-२२, नडाह । याक्थुङ कल्चर ग्रुपले आयोजना गरेको प्रथम विश्वव्यापी अनलाइन पालाम प्रतियोगिताको उपाधी ताप्लेजुङ्की सुनीता लाबुङले जितेकी छिन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति वैरागी काइलाद्वारा घोषणा गरेको सो प्रतियोगितामा क्रमशः शिव कुमार सम्बाहाम्फे तेह्रथुम, सुनिता संयक दोश्रो र तेश्रो भएका छन् । सान्त्वनामा भने वराहक्षेत्र -३ नडाहाका शान्तिराम खरेलसङ्गै पेपराज माबुहहाङ बनेका छन् । यसै गरि विक्रम एक्तेनले सर्वोत्कृष्ट प्रस्तुति, इन्दिरा नेम्बाङले उदयमान गायिका, सुमन लिम्बुले सेहोनाम्लाङ अवार्ड, जीवन केदेमले मुक्कुलुङ अवार्ड र साँगुले ठुले साङ्गोती/हाङ्गोती अवार्ड प्राप्त गरेका छन् ।
विजेताहरूले क्रमशः ५० हजार, ४० हजार र ३० हजार पुरस्कार पाउने छन् भने प्रथम हुनेलाई आयोजकले एउटा पाःलाम रेकर्ड पनि गरिदिनेछ ।
त्यसगरी तुम्याहाङ समूहबाट उत्कृष्ट सुखबिर ताम्लिङ (प्रतियोगी नं. १२२) भएका छन् । लोपन्मुख भाका सम्मान सरुना लिम्बू (प्रतियोगी नं. १४८), उत्कृष्ट फरक समुदाय बम विरही कुलुङ राई (प्रतियोगी नं. ७५), उत्कृष्ट पालाम (शब्द) निलिमा साम्पाङ (प्रतियोगी नं. २२४) र तेन्छा सेक्सिङ थुम्खो (पब्लिक च्वाइस्)ः कुमार विक (प्रतियोगी नं. ६३) छन् । विभिन्न विधामा अवार्डेड हुनेहरूलाई रुपैया दशहजार पुरस्कार दिइने आयोजकले जनाएको छ । किरात याक्थुङ चुम्लुङ युकेले गैरलिम्बू प्रत्येकलाई ५ हजार रुपयाँसहितको सम्मान दिने भएको छ भने एचडीडी हङकङले मेन्छ्यायेम चरणमा पुग्ने गैरलिम्बू शान्तिराम खरेललाई दशहजार पुरस्कार प्रदान गर्ने भएको छ ।
प्रतियोगिताले विभिन्न प्रतियोगीहरूलाई सम्मान पनि गरेको छ । सम्मान पाउनेहरूमा पदम सम्बाहाम्फे (३४४), सोना साउदेन (१६२), टुपेन्द्र एक्तेन (२५३), टेकराज तिगेला(२७), रुप्लाल खाम्दाक (३), थानाहाङ तिगेला (३०२), भिमा साउदेन (४९), सुरोज मादेन (२४२), आईत खजुम (४२), आइतमाया ईजम(२२६), चन्द्र आङ्देम्बे (२४३), देवेन चेम्जोङ (३३१) छन् ।
प्रतियोगिमा ३५२ प्रतियोगी सहभागी थिए । प्रतियोगीहरूको उत्साहजनक सहभागीता, बुद्धिजीवि तथा सम्पूर्ण भाषाप्रेमीहरूले कार्यक्रमलाई विशेष माया गरेर शुभकामना प्रकट गरेका थिए । यता शान्तिराम खरेलले आफुले यो जितलाई हर्ष बढाई भन्दा पनि आफ्नो सस्कृतीसङ्गै लिम्बू समुदायको सस्कृतीलाई जगेर्ना गर्ने दायित्व बढेको बताए । खरेलको सो पुरस्कार प्राप्तीसङ्गै वराहक्षेत्रमा खुशीयाली छाएको छ । अहिले उनलाई बधाई दिने सङ्संस्था, लिम्बुजन्य संस्थाहरु, लिम्बू भाषाविद, सास्कृतिक अभियानता तथा अग्रजहरुको ओइरो लागेको छ । यस्तै शान्तिराम खरेलको पुरस्कार वराहक्षेत्र -३ को पुरस्कार भएको वडाअध्यक्ष रुद्र दाहालले बताए । साउन-२२, नडाह ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।