२०८० फाल्गुन ११ शुक्रबार

धरान १५ का १० बर्षीय बालकमा कोरोना संक्रमण पुष्टि

साउन-२३, धरान । धरान- १५ स्थित डेेेरा गरी बस्ने उपमहानगरपालिकाका एक कमर्चारीको छोरामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१० बर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनको साउन २० गते स्वाब लिइएको थियो । उनीसँगै आमा र हजुरआमाको पनि स्वाब संकलन गरिएको भएपनि अहिले ती बालकको मात्र रिपोर्ट आए हो । उनका अुनसार २१ गते १३० जनाको स्वाब संकलन गरिएको थियो । हिजो ति मध्य हिजो एक जना तरकारी व्यापारीको कोरोना संक्रमणन पुष्टि भएको थियो ।

मेहताका अनुसार धरान उपमहानगरपालिकाकी महिला कर्मचारीको छोरा हुन् । उनको आमा र हजुर आमालाई पनि ज्वारो आएको थियो । आमा र हजुरआमाको भने रिपोर्ट आउन बाँकी रहेको छ । योसँगै धरानमा कोरोना संक्रमण हुनेको संख्या ४२ पुगेको छ ।

२०७७ श्रावण २३, शुक्रबार ०४:२३ गते 1 Minute 66 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार