
साउन-२३, धरान । बिगत २ वर्ष देखि डायलासिस गराइरहेका कोरोना संक्रमित सिरहाका एक युवाको मृत्यु भएको छ ।
बुधबार उनिमा कोरोना संक्रमण पुष्टि भएको थियो । जनकपुरमा डायलासिस गराइ रहेको उनको स्वास्थ्यमा समस्या बढदै गए पछि बिहिबार धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको थियो । डायलासिसको क्रममै उनको मृत्यु भएको प्रतिष्ठानका प्रबक्ता डा। निदेश सापकोटाले बताए ।
जनकपुरबाट रिफर भएर आएका २५ बर्षीय युवाको हिजो राती १० बजेर ४५ मिनेटमा निधन भएको सापकोटाले जानकारी दिए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।