२०८० चैत्र ६ मंगलवार

जनताद्वारा निर्माणाधिन वडाकार्यलयमा सहयोग रकम २५ लाख नाघ्यो ।

-प्रकाश दिप्साली राई
साउन-२३, नडाहा । स्वयं जनताको सङ्लग्नतामा निर्माण भैरहेको वराहक्षेत्र नगरपालिका वार्ड नम्बर -३ को वडा कार्यालय निर्माणका निम्ति हिजोबाट २५ लाख नाघेको छ ।

गत २०७७ वैसाख २७ गते सिलान्यास गरिएको सो वडाकार्यालय अब लगभग अन्तिम चरणमा पनि पुगेको छ । अहिले कार्यालयलाई रङरोगन गर्ने, बिद्युत जडान, खानेपानीको व्यवस्थापन भैरहेको छ । यो चरणसङ्गसङ्गै आर्थिक सहयोग पनि तिब्र गतिमा सङ्कलन भैरहेको छ । हिजो धरान -१७ निवासी गोपाल विष्टले आफ्नो पितृ स्वर्गीय काका मान बहादुर विष्ट र काकी सरस्वती विष्टको सम्झनामा २ लाख १ हजार , वराहक्षेत्र -३ मिलनचौक निवासी युवराज पौडेलले एक सार्वजनिक कार्यक्रममा आफुले प्रतिवद्धता गरेको १ लाख १ हजार ११ रुपैयाँ, वराहक्षेत्र -३ निवासी तिलक कार्कीले १ लाख एघार हजार प्रदान गरेसङ्गै आर्थिक सहयोगको रकम २५ लाख नाघेको हो । यो सहयोगसङ्गै १ लाखभन्दा माथी सहयोग गर्नेहरु ६ जना पुगेका छन् ।

यस अघिनै भीषम राई (हङ्कङ),नवराज राई (कोरिया) , ओमकुमार भट्टराई (अमेरिका)ले १ लाख भन्दा माथिको सहयोग गरिसकेका छन् । त्यसो त जिन्सी सामग्रीहरुको सौजन्य हुने क्रम पनि यथावतै छ । सोहि क्रममा वडाकार्यालयलाई आवश्यक वाइरिङ्को सम्पुर्ण सरसमान वराहक्षेत्र -३, लक्ष्मीपुर निवासी कृष्ण पराजुलीले उपलब्ध गराएको निर्माण समितिका सचिव बिदुर भट्टराईले बताए । हाल सम्म रु. २५ लाख २ हजार ५ सय ७९ रुपैयाँ उठिसकेको बताए ।

“यो अङ्कको आर्थिक सहयोग पाउनु भनेको हाम्रो लागि निक्कै खुशीको कुरा हो । जनता जागेपछि असम्भव केही हुन्न भन्ने कुरो थप सावित भएको छ म।” रकम बुझेपछी हामीसङ्गको कुराकानीमा निर्माण समितिका कोषाध्यक्ष भिमदल राईले भने ।
“अबको केही हप्ता भित्रै हामी हाम्रो वडा कार्यालय सम्पन्न गरेर वडा समितिलाई हस्तान्तरण गर्ने योजनामा छौँ ।” निर्माण समितिका अध्यक्ष केशव पुरी बताउँछन् ।

“अबको केही समयमा नै वडाकार्यालयको उद्घाटन गरेर हामी हरहिसाब सार्वजनिक समेत गर्दै जनताले बनाएको वडाकार्यालयको महसुस गराउनेछौँ ।” वराहक्षेत्र -३ का वडाअध्यक्ष रुद्र दाहालले प्रफुल्ल मुद्रामा बताए ।

२०७७ श्रावण २३, शुक्रबार ०५:०१ गते 1 Minute 90 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार