
-प्रकाश दिप्साली राई
साउन-२३, नडाहा । सुनसरीको वराहक्षेत्र -५ का निरोज अधिकारी बचाउ अभियानमा ज.डे.ज. मा. वि. कालाबन्जर २०६३ सालका एस. एल. सि . ब्याचका विद्यार्थीहरुले ६३,०००/- हजार आर्थिक सहयोग गरेका छन् ।
गत साउन १ गतेबाट बिरामी परेका अधिकारीको दुईवटै मृगौला फेल भएका कारण सहयोगी मन तथा युवाहरुको सकृयतामा उपचारार्थ निरोज अधिकारी बचाउ अभियान थालिएको थियो ।
अभियानको क्रममा २०६३ सालका एसएलसी समूहले शुक्रबार अधिकारीकै निवासमा पुगेर सङ्कलन गरेको सो सहयोग रकम निरोज अधिकारीको परिवारलाई हस्तान्तरण गरेको हो । सो हस्तान्तरण कार्यक्रमलाई सहजीकरण गर्दै सो समुहका अगुवा लक्ष्मण कट्वालले यो सहयोग पर्याप्त नभए पनि उनको उपचारमा सानो टेवा पुर्याउने जमर्कोसम्म गरेको बताए ।
अब उनी पुर्ण रुपमा ठिक हुन कम्तिमा एउटा मृगौला प्रत्यारोपण गर्नु पर्ने हुन्छ । जसको लागि निक्कै खर्च हुनेछ । हालसम्म विभिन्न संघ सस्था तथा सहयोगीहरुबाट ४ लाख २० हजार सङ्कलन भएको छ भने खर्च १ लाख ६० हजार भएको र अन्य तिरबाट सहयोग सङ्कलन हुने क्रम पनि जारी नै रहेको पारिवारिक श्रोतले बताएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।