
साउन-२३, धरान । एकपछि अर्को हुँदै समुृदाय स्तरमा कोरोना संक्रमीतको संख्या बढेसंगै धरान उप महानगरपालिकाले गत साउन २२ गतेबाट २८ गते मध्यराती सम्मका लागि लकडाउनको घोषणा गरेको छ ।
केही दिन अगाडी धरानको तीनकुने स्थितको औधोगीक क्षेत्रमा रहेको प्रिति भल्भ एण्ड फिटिङस् उद्योगका मजदुरबाट कोरोना सल्किएर एकै परिवारको ५ जनामा कोरोना पुष्टि भएपछि केही सहज बन्दै गरेको धरान बाजर फेरी तरंगीत भएको छ ।
लकडाउनको समयावधी भित्र संक्रमीत नभेटिएको यस धरान बजारमा लकडाउन केही खुकुलो भएसंगै धरानको विभिन्न क्षेत्रमा संक्रमीत भेटिन थाल्यो । त्यसमा भानुचोक छेउमा रहेको सब्जी बजारका एक ब्यापारी, त्यसै गरी धरान १५ मा बसोबास गरीएका धरान उपमहानगरपालिकाका एक कर्मचारीको १० बर्षीय छोरामा संक्रमण पुष्टि भएपछि धरानमा झनै तनाब सृजना उत्पन्न भएको छ ।
धरान उपमहानगरपालिकाले समुदायस्तरमा स्वाव संकलनलाई तिब्रता दिएको छ । धरान उप महानगरपालिकाका स्वास्थ्य महासाखा प्रमुख उमेश मेहेताका अनुसार आज शुक्रबार मात्र जम्मा १ सय ४१ जनाको स्वाव संकलन गरेको छ । योसंगै जम्मा ८ सय १ पुगेको छ ।
आज लकडाउनको दोश्रो दिन धरानको विभिन्न क्षेत्रमा इ पोष्ट टाइम्सको टिमले रिपोर्टिङ गरेको छ । यस भन्दा अगाडी गरीएको लकडाउनलाई खासै वास्ता नगरेका धराने यसपटक भने स्वतहस्फूर्त आफैले लकडाउनलाई इमान्दार भएर पालना गरेको देखियो । अघिल्लो लकडाउनमा नागरिकलाई ब्यबस्थापन गर्न धेरै हम्मे हम्मे भएका प्रहरी प्रशासन यसपटक भने हाइसन्चो भएको देखिन्छ ।

धरानको ब्यस्त बजार देशिलाइन लकडाउनमा सुनसान।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।