कोरोना नियन्त्रणका लागि भोजपुरको ओख्रेमा घर घरमा पोष्टर

कोरोना महामारी नियन्त्रण सम्बन्धि जनचेतना मुलक पोस्टर टास्दै स्थानीय। तस्वीर : इ पोष्ट
Spread the love

-शारदा तामाङ राई
साउन-२४, भोजपुर। जिल्लाको रामप्रसादराई गाउपालिका वडा नम्बर १ ओख्रेमा कोरोना महामारी नियन्त्रणका लागि जनचेतना मुलक कार्यक्रम शुरु भएको छ । ओख्रे युवा क्लवको आयोजनामा कार्यक्रम शनिवार देखि शुरु भएको हो ।

कार्यक्रम अन्तर्गत घर घरमा पोष्टर टास्ने, सरसफाई गर्ने , कोभिड १९ बाट बच्ने उपायको बारे स्थानिय जनतालाई सचेत गराउने काम भैरहेको क्लवका अध्यक्ष विश्वास राईले बताए । शनिवार खानी डाडा देखि आख्रे बजार सम्म १ सय ५० घरमा पोष्टर टास्नुका साथै सरसफाई गरिएको उन्ले जानकारी दिए । अध्यक्ष राईका अनुसार आईतबार पनि अभियानलाई निरन्तरता दिदै वडा नम्बर १ को ५ सय घरमा पोष्टर टासेर सरसफाई गर्ने कार्यक्रम रहेको छ ।

दिङला बजारमा एक हजार माक्स निःशुल्क वितरण जिल्लाको षडानन्द नगरपालिका स्थित दिङ्ला बजारमा निःशुल्क मास्क वितरण गरिएको छ । उद्योग वाणिज्य संघ दिङ्ला र आदिवासी जनजाती समुदाय दिङला शाखाको प्रायोजनमा शनिवार मास्क वितरण गरिएको हो ।

ईलाका प्रहरी कार्यालय, आदिवासी जनजाती समुदाय र आईटिएफ तेक्वान्दो डोजाङ दिङलाको सहकार्यमा एक हजार मास्क वितरण गरिएको उद्योग वाणिज्य संघ दिङ्ला शाखाका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । समुदाय स्तरमा कोरोना भाईरस फैलिन नदिन सचेतना सहित मास्क वितरण गरिएको आदिवासी जनजाती समुदाय दिङ्लाका अगुवा यङ्गराज राईले बताए ।

दिङलामा कोभिड-१९ नियन्त्रणका लागि सरकारले लागु गरेको नियम पालना नगर्नेलाई कानुन अनुुसार कारवाही गरिने पनि ईलाका प्रहरी कार्यालय दिङलाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले बताए । जिल्ला प्रशासन कार्यालय भोजपुरले मास्क नलगाउनेलाई एकसय रुपैया जरिवाना गर्न निर्देशन दिए पछि दिङलामा पनि कडाई गरिएको हो।

44520cookie-checkकोरोना नियन्त्रणका लागि भोजपुरको ओख्रेमा घर घरमा पोष्टर

प्रतिकृया दिनुहोस्