२०८० जेष्ठ १७ बुधबार

कोरोना संक्रमण ब्यबस्थापन केन्द्रका संयोजक मुख्यमन्त्री शेरधन राईको निर्देशन, संक्रमितहरुको उपचारमा ढिला सुस्ती नगरौ

साउन-२५, विराटनगर । प्रदेश १ को विभिन्न भू-भागमा कोरोना (कोभिड-१९) को संक्रमण समुदायस्तरमा फैलिदै गइरहेकोले प्रदेश नं. १ का माननीय मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको Crisis Management Center  को प्रादेशिक समितिको बैठकका महत्वपूर्ण निर्णयहरु पारित गरेको छ ।

प्रादेशिक बैठकले पारित गरेको बुदाहरुः
– कोभिड-१९ महामारीको कारण मृत्यू भएका प्रदेश नं. १ लगायत सम्पूर्ण नेपालीहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवार एवम् आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्ने र संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने।

– आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार गरेको लकडाउन खुलेपश्चात कोभिड-१९ रोकथाम, प्रतिकार्य र नियन्त्रण सम्बन्धी कार्ययोजना, २०७७” स्वीकृत गर्ने ।
– स्थानीय तहसमेतको साझेदारी र सहकार्यमा विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाज, विराटनगर, रंगेली नगरपालिकास्थित वडा नं. ७ स्थित श्रीजनता क्याम्पसको भवनमा र सुनसरी जिल्लाको हरिनगर गाउँपालिका-१ स्थित वि. जेनेरल अस्पताल र बराहक्षेत्र नगरपालिका स्थित कृष्णदास आश्रम, चतरामा कोभिड-१९ को संक्रमित लक्षण विहिन व्यक्तिहरु राख्नका लागि क्रमशः ५० बेड, १०० बेड, ५० बेड र १०० बेड क्षमताको आइसोलेसन केन्द्र संचालन गर्ने ।

-कोभिड-१९ का संक्रमितहरुको संख्या दिनानुदिन बृद्धि भइरहेको सन्दर्भमा आइसोलेसन बेडहरुको संख्या प्रदेश सरकारले झापा, मोरङ्क र सुनसरी जिल्लामा प्रत्येक जिल्लामा एक/एक वटा निजी होटल र निजी अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने ।

प्रदेश १ का मूख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुबेदीका अनुसार आज निर्णय भएका महत्वपूर्ण बुदाहरु भोलिदेखि नै कार्यन्वयनमा ल्याउने समेत बैठकमा छलफल भएको छ ।

२०७७ श्रावण २५, आईतवार १५:४८ गते 1 Minute 11 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।