२०८० चैत्र १६ शुक्रबार

दशनामी युवा समाजको सभाहल निर्माण अन्तिम चरणमा

-प्रकाश दिप्साली राई
साउन-२५, नडाहा। नेपाल दसनामी युवा समाज वराहक्षेत्र नगर समितिले वराहक्षेत्र-३ ,नडाहामा निर्माण गर्दै गरेको सभाहल अब अन्तिम चरणमा पुगेको छ ।
करिब दुइ वर्ष अघिदेखी सुरु गरिएको सो भवन विविध कारणवस निर्माण सम्पन्न हुनुमा केही ढिलाई भएको थियो ।
सय जनाभन्दा बढि क्षमताको उदेश्यले निर्माण गरिएको सो भवन अब भने चाडै सम्पन्न गरेर प्रयोगमा ल्याइने निर्माण समितिका सचिव विकास पुरीले बताए । आगामी भदौ २ गते सो भवनको उद्घाटन हुदैछ। करिब ७ लाखको लागतमा सम्पन्न गर्न लागिएको सो भवन २ कोठे रहेको छ । अहिले भवनलाई अन्तिम रुप दिन रङ रोगन तथा बिद्युतीय जडानका कामहरु भैरहेको छ । भवन वरपर सरसफाइको काम पनि तिव्र भैरहेको छ ।
बराहक्षेत्रको नडाहामा एउटा व्यवस्थित सभाहलको आवश्यक भैरहेको बेलामा यो सभाहल निर्माण हुनुलाई महत्त्वपूर्णताका साथ हेरिएको छ भने नडाहाको विकास निर्माणको निरन्तरता पनि ठानिएको छ । सङसङगै अब कुनै पनि कार्यक्रम गर्न पनि सहज भएको स्थानीयहरु बताउँछन् ।
“हामीले गत वर्ष नै यो सभाहलको उद्घाटन भनेका थियौ, तर केही आर्थिक अभावका कारण भवन सम्पन्न गर्न सकेनौं , फेरि पछिल्लोपल्ट गत वैशाख १ गते नयाँ वर्षको अवसर पारेर उद्घाटन गर्ने योजना बनाएका थियौँ फेरि कोरोना महामारीको कारण देशमा लकडाउन सुरु भयो, त्यसको कारणले फेरि काम गर्न सकेनौं । तर अब चै लकडाउनको सदुपयोग गर्दै आगामी भदौ २ गते उद्घाटन गर्दै भवनलाई प्रयोगमा ल्याउने छौँ ।” निर्माण समितिका अध्यक्ष सन्तोष पुरीले बताए ।

२०७७ श्रावण २५, आईतवार ११:४७ गते 1 Minute 126 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार