२०८० फाल्गुन १४ सोमबार

पथरीमा पत्रकारसहित ९५ जनाको पीसीआर परीक्षण

साउन-२५. मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा कोरोना भाइरस भए नभएको परीक्षण गर्न आइतबार जनप्रतिनिधि र पत्रकारसहित ९५ जनाको थ्रोट स्वाब संकलन भएको छ ।
संघीय संसदीय समितीले बैज्ञानिक वन सम्बन्धि अनुगमनको लागि साउन १७ गते पथरी शनिश्चरे स्थित हरियाली सामुदायिक वनको कार्यालयमा आएर कार्यक्रम गरेका थिए ।
उक्त कार्यक्रममा सहभागी हुन आएका डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेलाई कोरोना भाइरस पोजेटिभ देखिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएपछि प्रमुख घिमिरेले आफ्नो फेसबुक सन्जाल मार्फत सम्पर्कमा रहेका ब्यक्तिहरुलाई सचेत रहन सूचना जारी गरेका थिए ।
प्रमुख घोमिरेको स्टाटस आएपछि पथरीमा एक प्रकारको आतंक भएको थियो । सामाजिक सन्जाल प्रयोग गरि घिमिरेलाई कोरोना हुनु त्यो कार्यक्रममा सहभागी सबैलाई भाइरस भएको जस्तो प्रचार भएको थियो । सोही कारण पथरीमा नगरपालिकाको पहलमा तत्काल पीसीआर परीक्षण भएको हो ।
वनको कार्यक्रममा सहभागी भएका नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रवक्ता यामप्रसाद गुरागाईं, गोबिन्द भण्डारी लगायत वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, पत्रकार अर्जुन जम्नेली राई, शन्तोष राई, मोहन भट्टराई, दिनेश सुब्बा, कुमार खड्का, भूमीप्रसाद पाठक, ईस्वर दुलालको पथरी नगर अस्पतालका स्वास्थ्य कर्मीमार्फत स्वाब निकालेर कोरोना परीक्षणका लागि पठाइएको छ ।
त्यसैगरी सब डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिन, सब डिभिजन वन कार्यालय उर्लाबारीका प्रमुख तारिणी चौधरी, हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगर लगायतका पदाधिकारी सदस्यहरु, पन्चायत माबिका प्रधानाध्यापक अर्जुन बुढाथोकी, समाजसेबी युवराज बास्कोटा, तुलशी ढकाल लगायत ७५ जनाको स्वाब संकलन भएको हो । आइतबारै पथरी बहुमुखी क्याम्पसमा स्थित क्वारेन्टिनमा बसेकाहरु मध्ये २० जनाको पनि स्वाब संकलन भएको छ । संकलित स्वाब प्रदेश १ को कोभिड प्रयोगशाला विराटनगरमा ल्याब परीक्षण हुन्छ ।
वनको कार्यक्रममा लेटाङ नगरमा प्रमुख शंकर राई, शान्ती सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष कुलबहादुर गुरुङ लगायत सहभागी भएका थिए ।
भाइरस नियन्त्रण गर्न पथरीशनिश्चरे नगरमा साउन २३ गते देखि दोस्रो पटक लकडाउन सुरु भएको छ । नगरमा हालसम्म ५ जनामा कोरोना पोजेटिभ देखिएपनि सवैजना स्वास्थ्य भएर घर फर्किएका छन् ।

२०७७ श्रावण २५, आईतवार १३:४० गते 1 Minute 59 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार