२०८० चैत्र ६ मंगलवार

धरान उपमहानगरपालिकाको उपमेयर सहित उनको सबै परिवारको रिपोर्ट नेगेटिभ

साउन-२७, धरान।  उपमहानगरपालिकाको उपमेयर मञ्जु भण्डारी सहित उनको सबै परिवारको रिपोर्ट नेगेटिभ आएको छ ।

गतसाता कोरोना संक्रमण देखिएका उपमहानगरपालिकाको एक महिला कर्मचारी उपमेयर मञ्जु भणडारीको घरमा सधै जाने गरेको खुलेपछि कन्ट्याक्ट् ट्रेसिङको आधारमा उपमेयर भण्डारी सहित उनको श्रीमान, ७ बर्षीय छोरी र आमाको गत शनिबार स्वाब संकलन गरीएको थियो । उक्त रिपोर्ट हिजो राती आएको र सबैको नेगेटिभ आएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानका प्रबक्ता डाक्टर निदेश साप्कोटाले जानकारी गराए ।

उप मेयर भण्डारी धरान नगरको खानेपानीको समस्या समाधानको लागि काठमाण्डौ गई गत बिहिबार मात्र काठमाडौबाट धरान आएका थिए । उनी धरान घरआएदेखि नै होम क्वारेन्टिनमा बसेका थिए । धरान उपमहानगरपालिकाको उपमेयर मञ्जु भण्डारी सहित उनको सबै परिवारको कोरोना रिपोर्ट नेगेटिभ आएसंगै समुदायमा केही राहत बहसुस भएको नागारिकको भनाई छ ।

२०७७ श्रावण २७, मंगलवार ०६:३४ गते 1 Minute 69 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार