२०८० जेष्ठ १८ बिहीबार

धरानमा भदौ ३ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय, आन्तरिक उत्पादनलाई सहजीकरण गरिने

साउन-२८, धरान। समुदायस्तरमा कोरोना संक्रमण फैलिएको कारण एक हप्ताको लागि धरानमा लकडाउनको आब्हान गरेकोमा यसलाई आगामी भदौ ३ गतेसम्म लम्ब्याउने निर्णय भएको  छ ।

कोरोना संक्रमणको जोखिम कम नभएकोले आज बसेको कार्यपालिका बैठकबाट भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । यसअघिको निर्णय अनुसार साउन २२ गतेदेखि आज मध्यराती १२ बजे सकिदै छ । अघिल्लो लकडाउनको समय आजबाट सकिने भएकोले आज बिहान कार्यपालिका बैठक बसेर लकडाउनको समय थपेको हो ।

यस समयावाधिमा भने बाहिरी नाकाबाट आउने खाद्यान्न, तरकारी, दुधलाई रोक्ने निर्णय गरेपनि आन्तरिक उत्पादनलाई भने सहजीकरण गर्ने निर्णय भएको छ । धरानबाहिरबाट दुध तरकारी आउन नदिने तर धरानभित्रैको उत्पादनलाई सहजीकरण गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ।  नगरपालिकाका अनुसार धरानको विष्णुपादुका, पाँचकन्या, बसन्तटारको दुध, सब्जी सहजीकरण गर्ने तर दोकान खोल्न पाइने छैन ।  ठेक्काको दुध भने घर घरमा पुर्याउन पाइने र सब्जीको हकमा डोकोबाट घर लान वा लैजान पाउछ ।

२०७७ श्रावण २८, बुधबार ०६:२८ गते 1 Minute 11 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।