२०८० चैत्र ६ मंगलवार

वीपीमा कोरोना संक्रमित एक महिलाको मृत्यु, सात जना डिस्चार्ज भए

साउन-२९ धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ भर्ना भएका सात जना विरामी निको भई डिस्चार्ज भएका छन् भने कोरोना संक्रमित एक वृद्ध महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार धनुषाको ढल्केवर ७ की ८५ बर्षीय महिलाको मृत्यु भएको हो । योसँगै वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ । उनी साउन २६ गते प्रतिष्ठानमा उपचारार्थ भर्ना भएका थिए।

प्रवक्ता सापकोटाका अनुसार धनुषाको निजी हस्पिटलले निमोनिया भनेर रिफर गरेको थियो । मृतकलाई ज्वारो थियो भने श्वास फेर्न पनि गाह्रो थियो । ‘हिजो बुधबार राती नै उहाँको निधन भएको हो, र आज बिहान शव व्यवस्थापन गर्न लगिसकेको प्रवक्ता डा. सापकोटाले बताए ।

२०७७ श्रावण २९, बिहीबार ११:५८ गते 1 Minute 61 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार