२०८० चैत्र ६ मंगलवार

थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १२७

साउन-२९, काठमाडौं । कोराना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ भने ५२५ जना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । उनीहरुमध्ये ९६ जनाको मृत्यु भएको छ भने १६ हजार ८३७ जना निको भएका छन् ।

थप दुई जनाको मृत्यु

धनुषाको मिथिला नगरपालिका-७ ढल्केबरकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार राति मृत्यु भएको छ ।

अछामको रामारोशन नगरपालिका-५ का १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा भने वीरगञ्जमा मृत भेटिएका बारा बिश्रामपुरका ३८ वर्षीय पुरुषको तथ्यांक समावेश छैन ।

कहाँ कति भेटिए संक्रमित ?

मन्त्रालयका अनुसार देशभरका ३८ वटा ल्याबमा ९ हजार ८५९ नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र १२७ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना छन् ।

यस्तै मोरङका ८८, धनुषाका ५३, पर्साका ३९, मकवानपुरका २८, सर्लाहीका २६, रौतहटका २५, कविलवस्तुका २१, सुनसरी र महोत्तरीका २०/०२० जना, रुपन्देहीका १२, चितवनका ११, बाँकेका १० र काभ्रेका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी इलामका ४ जना, रामेछाप, प्युठान, कास्की, नवलपुर र बर्दियाका ३/३ जना, झापा, सिराहा, सिन्धुली र दाङका २/२ जना तथा उदयपुर, बारा, नुवाकोट, दोलखा, नवलपरासी, तनहुँ, पाल्पा, सुर्खेत, बैतडी र डोटीका १/१ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२०७७ श्रावण २९, बिहीबार १२:०७ गते 1 Minute 59 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार