२०८० जेष्ठ १७ बुधबार

नोबेल अस्पताललाई गरियो ‘सेनिटाईज’

साउन-२९, बिराटनगर । कोरोना संक्रमण रोकथामका लागि नोेबेल शिक्षण अस्पताललाई ‘सेनिटाईज’ गरिएको छ । अस्पतालका केही स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल प्रशासनले अस्पताल क्षेत्रलाई सेनिटाईज गरेको हो ।

बिरामी, कुरुवा, स्वास्थ्यकर्मी, कर्मचारी लागयतमा कोरोना संक्रमणको जोखिम कम गर्न अस्पतालको बाहिरी भाग तथा भवन भित्रका सबै बिभागलाई सेनिटाईज गरिएको अस्पताल प्रशासनले जनाएको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि अस्पताल अगाडी हात धुने र सेनिटाईजर लगाउँने व्यवस्था पनि मिलाईएको छ ।

बिराटनगर आसपास क्षेत्रमा कोरोना संक्रमण समुदायस्तरमा फैलदै गएपछि नोबेलले गत आईतबारबाट ओपीडी बन्द गरेर आकस्मिक कक्षबाट उपचार सेवा प्रदान गर्दै आएको छ ।

२०७७ श्रावण २९, बिहीबार १२:१५ गते 1 Minute 9 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।