२०८० चैत्र १६ शुक्रबार

जन निर्मित वडाकार्यालयलाई नेपाल दशनामी समाजको ४० हजार ३ सय पाच सहयोग

– प्रकाश दिप्साली राई
भदौ-६, नडाहा । स्वयं जनताको सङ्लग्नतामा निर्माण भैरहेको वराहक्षेत्र नगरपालिका वार्ड नम्बर -३ को वडा कार्यालय निर्माणका निम्ति नेपाल दशनामी समाज बराहक्षेत्र नगर समितिले ४० हजार ३ सय ५ सहयोग गरेको छ ।

हिजो एक अनौपचारीक कार्यक्रममा उक्त रकम निर्माण समितिका अध्यक्ष केशव पुरी, कोषाध्यक्ष भिमदल राई र ३ नम्बरका वडाका वडाअध्यक्ष रुद्र दाहाललाई सो रकम नेपाल दशनामी समाजका बराहक्षेत्र नगर समितिका अध्यक्ष श्री महेन्द्र गिरीले हस्तान्तरण गरे । सो रकम बुझ्दै भवन निर्माण समितीका अध्यक्ष केशव पुरीले भवन निर्माण लगभग अन्तिम चरणमा पुग्दै गर्दा यी यस्ता सहयोग रकम आउनुले काममा अझ सहज भैरहेको बताए । साथै उनले जनताले सहयोग गरेको सो रकमलाई हामी जति सक्दो पारदर्शी तरिकाले सदुपयोग गर्दै सम्पुर्ण हिसाबकिताब चाडै सहयोग गर्ने बताए । नेपाल दशनामी समाज बराहक्षेत्र नगर समितिका अध्यक्ष गिरीले जन निर्मित भवनलाई यो सानो रकम सहयोग गर्न पाएकोमा आफुहरुलाई भाग्यमानी सम्झेको बताए ।

लगभग भवन निर्माण सम्पन्न हुँदै गर्दा अरु थप सहयोग आउने क्रम जारी रहेको वडाअध्यक्ष रुद्र दाहालले बताए ।
आफ्नो लक्ष्य भन्दा अरु थप सहयोग आउनेमा ढुक्क रहेको बताए ।

२०७७ भाद्र ६, शनिबार ०२:४२ गते 1 Minute 103 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार