
भदौ-६, धरान । धरान स्थित प्रधान कार्यालय रहेको बराह ज्वेलरी इण्ड्रष्ट्रिज प्रालि स्थापनाको २६ औं बर्षमा प्रवेश गरेको छ ।
बराहले आफ्नो बार्षिकोत्सव रचनात्मक तथा सृजनात्मक कार्यक्रम तयगरि हरेक वर्ष भव्यरुपमा मनाउदै आइरहेको छ। यसपाली भने कोभिड १९ को कहरले गर्दा बार्षिकोत्सव विगतमा जस्तो बराहले विविध कार्यक्रम गरि नमनाउन टुंगोमा पुगेको छ। तथापी २६ औं बार्षिकोत्सवको अवसर पारेर गत शुक्रबार बराहले विभिन्न निकायहरुलाई स्वास्थ्य सुरक्षा सामग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।
बराहले शुक्रबार बिहान एक कार्यक्रम आयोजना गरि इलाका प्रहरी कार्यालय धरान, सशस्त्र प्रहरी वल फुस्रे, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड १९ अस्पताल र धरानका पत्रकारहरुको लागि नेपाल पत्रकार महासंघ सुनसरीलाई स्वास्थ्य सामग्री वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
बराह ग्रुपका सञ्चालक मानबहादुर विश्वकर्माका अनुसार संस्था र ग्राहकहरुसमेतलाई गरि मास्क १५२६ पिस, पञ्जा १५२६ पिस र सेनिटाइजर ५२६ पिस विरतण गरिएको छ । सञ्चालक विश्वकर्माले कोभिडको कारण यो बर्ष विगतमा जस्तो कार्यक्रमहरु आयोजना गर्न नसकिएकोले कोभिडसँग फ्रन्टलाइनमा रहेर जुधिरहेका निकायहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको बताए । ‘हामीले स्थापना कालदेखि नै जे जति नाफा कमाउछौं, त्यसको केही हिस्सा सामाजिक उत्तरदायित्व पुरा गरिरहेका नै छौं,’उनले भने ।
बार्षिकोत्सवमा बराह डिपार्टमेन्ट स्टोर प्रालिबाट विरतण गरिने आर्थिक बर्ष २०७६/०७७ को बराह उपहार योजना तथा १ जना भाग्यशाली ग्राहकलाई यामाहाको एफजेट १५० सिसिको मोटरसाइकल सहज परिस्थिति भए पछि वितरण गरिने पनि सञ्चालक विश्वकर्माले जानकारी दिए । साथै उनले बिषम परिस्थितिमा पनि बराहले दैनिक उपभोग्य सामानहरुको सेवा प्रवाह गरिरहेको र बिशेष छुटको व्यवस्था गरिएको पनि उनले बताए ।
०५२ भदौ ५ गते स्वर्गीय इन्द्रकुमार लामिछानेले बराहको शुरुवात गरेका थिए । धरानबाट शुरुवात भएको बराहले पोखरा, काठमाण्डौं, नारायणगढलगायत स्वदेशको विभिन्न सहरहरुमा व्यवसाय विस्तार गरिसकेको छ भने हङकङ, बेलायतलगायत मुलुकहरुमा पनि विस्तार गरिसकेको छ । बराहमा प्रत्यक्ष, अप्रत्यक्ष गरि ३ हजारले रोजगार पाइरहेको पनि जनाएको छ । बराह ग्रुप अन्र्तगत काठमाण्डौं, पोखरा, चितवन र धरानका डाइरेक्टर एवं कर्मचारीहरुकोतर्फबाट १९ लाख संकलन गरेर संघीय सरकारको कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा ६० प्रतिशत र स्थानीय सरकारको राहत कोषमा ४० प्रतिशत रकम पनि बराहले उपलब्ध गराएको थियो ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।