२०८० आश्विन १२ शुक्रबार

जन निर्मित वडाकार्यालयलाई दिर्घ लिम्बुको १ लाख ५० हजार सहयोग

-प्रकाश दिप्साली राई
भदौ-९, नडाहा। स्वयं जनताको सङ्लग्नतामा निर्माण गरिएको वराहक्षेत्र नगरपालिका वार्ड नम्बर -३ को वडा कार्यालयलाई बराहक्षेत्र -३ खोरियाका हाल : हङ्कङमा कार्यरत दिर्घ लिम्बुले १ लाख ५० हजार सहयोग गर्ने भएका छन् ।
वैदेशिक रोजगारको शिलशिलामा लामो समयदेखि हङकङमा कार्यरत दीर्घ लिम्बुले नडाहामा जनताद्वारा नव निर्मित बराहक्षेत्र-३ को वडाकार्यालयलाई रु १ लाख ५० हजार सहयोग गर्ने भएका हुन् । उनले सो रकम चाडै उपलब्ध गराउने भवन निर्माण समितिका कोषाध्यक्ष भिमदल राईले बताए । यो सङ्गै १ लाखभन्दा माथी सहयोग गर्ने सहयोगीहरु ८ जना पुगेका छन् ।
यस अघिनै वडाअध्यक्ष रुद्र दाहालको परिवार, गोपाल विष्ट, भीषम राई (हङ्कङ), नवराज राई (कोरिया), ओमकुमार भट्टराई (अमेरिका), तिलक कार्की, युवराज पैडेलले १ लाखभन्दा माथिको सहयोग गरिसकेका छन् ।
स्मरण रहोस् कोरोना कहरको कारण वडा कार्यालय भवनको औपचारिक उद्घाटन गर्न असमर्थ भए पछि हिजो अनौपचारिक रुपमा पुजा आरधानासहित गृह प्रवेश गरेको छ ।
नवनिर्मित कार्यालयबाट कामकारबाही पनि सुरु पनि गरिसकिएता पनि परिस्थिति सहज भएपछि औपचारिक उद्घाटन गरिने वडाअध्यक्ष रुद्र दाहालले बताएका छन् ।

२०७७ भाद्र ९, मंगलवार १०:२३ गते 1 Minute 43 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार