२०८० मंसिर २४ आईतवार

हाक्पारेमा पनि शान्तिराम खरेलको दाबेदारी

-प्रकाश दिप्साली राई
भदौ-१२, नडाहा। प्रथम विश्वव्यापी अनलाइन पालाम प्रतियोगिताका सान्त्वना पुरस्कार विजेता शान्तिराम खरेल प्रथम अनलाइन हाकपारे प्रतियोगितामा पनि सहभागी जनाएका छन् ।
सेवारो अनलाइन टि.भि.को प्रायोजन र याक्थुम हाक्पारे साम्लो सजुमले लिम्बु कला र सस्कृतीको संरक्षण गर्ने उदेश्यका साथ गत असार २५ गतेदेखी आयोजना गरेको हाक्पारे प्रतियोगितामा हिजो खरेलको हाक्पारे आयोजकले आफ्नो आधिकारिक पेजबाट सार्वजनिक गरेसङ्गै आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । लिम्बू भाषा, कला र संस्कृतिलाई असाध्यै माया गर्ने खरेल लिम्बुवान सस्कृती र माटोलाई असाध्यै माया गर्ने गैरलिम्बुमा पर्छन् ।
अहिले पनि उनको घरमा लिम्बू समुदायको विद्वतहरु भेला भएर भलाकुसारी गर्ने, मेला पर्वमा रातैभरी धान नाच्ने जस्ता लिम्बूजन्य गतिविधि भैरहन्छन् । प्रथम विश्वव्यापी पालाम प्रतियोगितामा सान्त्वना पुरस्कार जितेर चर्चामा आएका खरेलले आफू पुरस्कार पाउनु भन्दा नि लिम्बू सस्कृतिको प्रर्वधनको निम्ति हाक्पारेमा आफ्नो सहभागी भएको बताउँछन् ।

२०७७ भाद्र १२, शुक्रबार ०४:४२ गते 1 Minute 77 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।