
भदौ-१३, इटहरी । इटहरीमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भदौ -९ गते परिक्षण गरिएका मध्ये ९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
इटहरी वडा नं.४ का २२ र ५२ वर्षीया महिला, ३० वर्षीय पुरुष, वडा नं.५ की १४ वर्षीया बालिका, वडा नं.७ का ३५ वर्षीय पुरुष, वडा नं.१४ का २६ वर्षीय पुरुष, इलाका प्रहरी कार्यालय इटहरीका दुई जना पुरुष र शसस्त्र प्रहरी पकलीका एक जना पुरुषमा संक्रमण पुष्टि भएको बताइएकाे छ । योसँगै इटहरीमा कोरोना संक्रमितको संख्या १ सय २५ पुगेको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।