
भदौ-१५, काठमाडौं । सरकारले नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित परीक्षा भदौ महिनाभरी सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १ असोजबाट मात्रै गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
यसअघि ५ साउनमा १ भदौबाट र २६ साउनमा १६ भदौबाट परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको थियो ।
कोभिड-१९ संक्रमित र मृतकको संख्या बढ्दै गएपछि सरकारले विद्यार्थी भर्ना गर्ने मिति सारेको हो ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।