२०८० आश्विन १४ आईतवार

भोजपुर हतुवागढीका तीन जना भारतिय सेनामा कोरोना संक्रमण पुष्टि

-शारदा तामाङ राई
भाद्र-१७ भोजपुर। भोजपुरको हतुवागढी गाउपालिकाका तीन जना भारतिय सेनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएर अरुण गाउँपालिकाको वडा नम्बर ६ जरायोटार स्थित होल्डिङ एरियामा बसेका तिन जना भारतिय सेनामा बुधवार संक्रमण पुष्टि भएको हो ।
बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसिआर परिक्षणमा रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए । संक्रमित हुनेमा दुई जना ४० वर्षका र एक जना ३० वर्षका पुरुष रहेका छन् ।

संक्रमित भएकाहरुलाई भोजपुर नगरपालिका ६ देउरालीमा रहेको आइसोलेसन सेन्टरमा राखिएको छ । उनिहरुको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले बताए ।

भोजपुरमा हाल सम्म १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ६ जना निको भएर घर फर्की सकेका छन् । संक्रमित तिन जनाको सुनसरीको बराहक्षेत्रमा रहेको आईसोलेसनमा उपचार भैरहेको छ । बुधवार संक्रमित ३ जनाको भने देउराली आईसोलेसन उपचार भैरहेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

२०७७ भाद्र १७, बुधबार १४:३९ गते 1 Minute 30 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।