२०८० मंसिर १४ बिहीबार

९५ बर्षिय तामाङलाई नागरिकता वितरण

-शारदा तामाङ राई
भाद्र-१७ भोजपुर । भोजपुर नगरपालिका २ हेलौछाका ९५ बर्षिय बिर बहादुर तामाङलाई नागरिकता वितरण गरिएको छ । तामाङलाई जिल्ला प्रशासन कार्यालय भोजपुरमा बुधवार नागरिकता वितरण गरिएको हो ।

नागरिकता वितरण गर्दै प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले तामाङले अब राज्यले दिने सेवा सुविधा पाउने बताए । उमेर हुँदा दैनिक ज्यालादारीमा काम गर्दै आएका तामाङ अहिले अशक्त भए पछि घरमै थलिएको तामाङका नाती पुर्ण बहादुर तामाङले जानकारी दिए । नागरिता पाए पछि राज्यले दिने सामाजिक सुरक्षा भत्ता पाउने भन्दै तामाङ खुसी भएका छन् ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता नपाएका बृद्ध बृद्धालाई खोजि खोजि नागरिकता प्रदान गर्दै आएको प्रजिअ पुरीले जानकारी दिए । प्रजिअ पुरीका अनुसार तामाङ सहित अहिले सम्म अरुण गाउपालिकाका लाटा सार्की , रामप्रसादराइ गाउपालिकाकी हिरा राई र भोजपुर नगरपालिका १२ की बैशाखी कपाली गरि चार जनाालाई नागरिकता प्रदान गरिएको छ ।

नागरिकता बितरण कार्यक्रममा भोजपुर नगरपालिकाकी उप प्रमुख ममिता राई , जिल्ला समन्वय समिती भोजपुरकी सदस्य रमा राई , सामाजिक अभियन्ता सुशिला तामाङ, सम्झना प्रधान लगाएतको उपस्थिती रहेको थियो ।

 

२०७७ भाद्र १७, बुधबार १४:५० गते 1 Minute 45 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार