
-शारदा तामाङ राई
भाद्र-१९ भोजपुर। रासायनिक मलमा भएको कालो बजारी शिर्षकमा विभिन्न सञ्चार माध्यममा आएको समाचार प्रति नेपाल कम्न्युनिष्ट पार्टी नेकपा अरुण गाउपालिका भोजपुरले कडा आपत्ति जनाएको छ ।
मुख्यमन्त्री र लाल झण्डाको आडमा नेकपाका नेता मल तस्करीमा शिर्षकमा रिपब्लिका दैनिकमा समाचार प्रकाशन भए पछि नेकपा अरुण गाउपालिकाले कडा आपत्ति जनाएको हो। नेकपा अरुण गाउपालिका अध्यक्ष बलभद्र राई र सचिव नारायण घिमिरे द्धारा शुक्रबार जारी एक प्रेस विज्ञप्तीमा समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा मार्फत जनतालाई तथ्य सहित सहि सुचना सम्प्रेषण गर्नुको अलावा संवैधानिक र सम्मानित संस्थाको प्रमुख र पार्टीको झण्डालाई जोडेर तथ्यहिन समाचार प्रकाशन गरेर जनतामा भ्रम सृजना गरिएको प्रति घोर भत्र्सना गरिएको छ । सञ्चार माध्यममा सम्प्रेषण भएका समाचार अनुसार मलको कालो बजारीमा संलग्न भनिएका अर्जुन कटवाल नेकपाका बरिष्ठ नेता नभएको पनि विज्ञप्ती मार्फत प्रष्ट पारिएको छ ।
विज्ञप्तीमा भनिएको छ , “नेपाली काग्रेसका स्थानिय कार्यकर्ता अर्जुन भुजेलको प्रत्यक्ष संलग्नता रहेको जानकारी आएकाले भ्रामक समाचारको पुष्टि गर्न समेत समाचार प्रकाशन गर्ने सञ्चार माध्यमलाई कडा चुनौती दिन चाहान्छौ ।” जारी विज्ञप्ती मार्फत कालो बजारीमा संलग्न जो सुकै भए पनि कानुन बमोजिम कडा कार्वाही गर्न माग गरिएको छ ।
यस अघि प्रतिबोरा ७ सय ८५ रुपैयाँ पर्ने मल स्थानीय व्यापारी अर्जुन कटुवालले २५ सयमा किसानलाई बचेको समाचार आएका थिए । मनपरी मूल्य तोकेर गाउँमा मलको कालोबजारी गरिरहेको गोप्य सूचना पाए पछि प्रहरीले बुधवार मल ढुवानी गर्ने चालक र गाडीलाई नियन्त्रणमा लिएको छ । मोरङको सलकपुरबाट रातारात मल ल्याउदै गर्दा को १ ख ३४६६ नम्बरको मिनी ट्रकका चालक भोजपुर नगरपालिका १२ का धन बहादुर सुन्दासलाई ४० बोरा युरिया मल सहित पक्राउ गरिएको हो । मल ल्याउने क्रममा धनकुटाको लेगुवा र भोजपुरको जरायोटार प्रहरी चेक पोष्टमा प्रहरीले सोधपुछ गर्दा ‘गाडीमा कुखुराको चारो छ’ भनी चालक सुन्दासले झुक्याएर गाडी प्रवेश गराएका थिए । पछि गाउपालिकाको ओदानेमा गाडी रोकेर चालकलाई स्थानीयले सोधपुछ गर्दा याकुका व्यापारी कटुवालको मल ल्याएको बताए पछि मलको कालो बजारी पर्दाफास भएको हो ।
नियन्त्रण गरिएको उत्तम ब्राण्डको मलको कुनै पनि रसिद नहुँदा कहाँबाट कति मूल्यमा खरिद गरि ल्याईएको भन्ने समेत खुलेको छैन । मल ल्याइएको मिनीट्रकमा जुत्ता, चप्पल, रंग लगायत हार्डवेयरका सामग्रीमा पनि बरामद गरिएको छ । बरामद मल र मिनिट्रक जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । मल सहित पक्राउ गरिएका सुन्दासलाई भने २० दिनको म्याद थप गरि अनुसन्धान थालिएको छ ।
याकु घर भएका व्यापारी कटुवाल भने सम्पर्क विहीन रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक कृष्ण कुमार चन्दले बताए । कालो बजारी गर्ने कटुवालको खोजी भैरहेको भोजपुर प्रहरीले जनाएको छ ।
यता अरुण गाउपालिका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले पनि कसैले बढी मूल्य लिएर मल बिक्री गरेको पाइए कारवाहीको दायरामा ल्याउने बताए । अरुण गाउँपालिकाका लागि रासायनिक मल खरिद गर्न एचपी सप्लायर्सलाई ठेक्का दिईएको अध्यक्ष कार्कीले जानकारी दिए ।
अध्यक्ष कार्कीका अनुसार सप्लायर्स संंग प्रतिकिलो ५० रुपैयाँका दरले एक हजार ३ सय ९५ बोरा डीएपी र दुई हजार ६ सय ५ बोरा युरिया मल ल्याउने सम्झौता भएको छ । सप्लार्यसले कृषकलाई कोरोना महामारीका कारण समयमै किसानलाई मल दिन नसकेको बताएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।