उपत्यकामा अब फुटपाथ र ठेलाको व्यापार खुल्ने

भदौ-२४ , काठमाडौं । काठमाडौं उपत्यकामा अब फुटपाथ र ठेलाको व्यापार खुला भएकोछ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषेधाज्ञाासम्बन्धी नयाँ आदेशअनुसार फुटपाथ पसल र ठेलाको व्यापार विहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न सकिनेछ ।

यही समयमा इलेक्ट्रक र डिपार्टमेन्ट स्टोरहरु समेत खोल्न सकिनेछ ।

यसअघि साउन २७ गते मन्त्रिपरिषद्को बैठकले नै ठेला र फुटपाथको व्यापार बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्