
-शरदा तामाङ राई
भाद्र-२६, भोजपुर। भोजपुरमा बिहिवार देखि पुनः लकडाउन शुरु भएको छ । जिल्लामा कोरोना भाईरसको संक्रममित बढे संगै एक हप्ता लकडाउन गरिएको हो ।
जिल्ला संकट व्यवस्थापन केन्द्र तथा सल्लाहकार समितीको बैठकले समुदाय स्तरमा कोरोना संक्रमण फैलिन नदिन एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो । केन्द्रको बैठकले अत्यावश्यक वाहेक जिल्ला भरका बजार, होटल, शैलुन , मासु पसल , बैंक तथा वितिmय संस्था, सहकारी सस्था , यातयात र जिल्ला प्रवेश गर्ने सम्पुर्ण सिमा नाका बन्द गर्ने निर्णय गरेकोे छ ।
बैठकले सुरक्षा मापदण्ड अपनाएर एम्बुलेन्स , खाद्यान्न ढुवानी गर्ने गाडी र औषधी पसल सञ्चालन गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए । यस्तै खाद्यान्न तथा तरकारी पसल विहान ६ बजे देखि ९ बजे सम्म र दिउसो ३ बजे देखि ५ बजे सम्म खोल्न दिने निर्णय गरिएको प्रजिअ पुरीले जानकारी दिए । बैठकमा संक्रमितका परिवार र संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरि स्वास्थ्य कार्यालय भोजपुरले पिसिआर परिक्षणको व्यावस्था मिलाउने समेत सहमती भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।
दुई दिनको अवधीमा आठ जनामा संक्रमण पुष्टि:
यसैविच जिल्लामा दुई दिनको अवधीमा आठ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्लाामा बुधवार र बिहीबार गरि दुई दिनमा २ महिला र ६ पुरुष गरि आठ जनामा संक्रमण पुष्टि भएको हो । विहिवार थप तिन जना संक्रमित थपिएका हुन् । बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परिक्षणमा तिन जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
रिपोर्ट पोजेटिभ आउनेमा राष्ट्रिय बाणिज्य बैक भोजपुर शाखाका एक जना कर्मचारी , जिल्ला प्रहरी कार्यालय भोजपुरका एक जना थुनुवा र जरायोटार होेल्ङिङ सेन्टरका एक जना रहेका छन । उनिहरु तिनै जना पुरुष रहेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले बताए ।
संक्रमितको भोजपुर नगरपालिका ६ देउराली स्थित आईसोलेसन सेन्टरमा उपचार भैरहेको छ । यो सगै भोजपुरमा कोरोना संक्रमितको कुल संख्या २० पुगेको छ । यस अघि बुधवार षडानन्द नगरपालिकामा दुई महिला र तिन जना पुरुष गरि पाच जनामा संक्रमण पुष्टि भएको थियो । उनिहरुको दिङला स्थित गान्धी अस्पतालको आईसोलेसनमा उपचार भैरहेको षडानन्द नगरपालिकाका प्रमुख बिरबल राईले बताए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।