२०८० फाल्गुन १४ सोमबार

नेकपा स्थायी कमिटी बैठक शुरु, अध्यक्षद्वयको प्रस्तावमाथि छलफल हुने

भदौ-२६, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब डेढ महिनापछि स्थायी कमिटी बैठक बसेको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली एवम् अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको प्रस्ताव तयार गर्नु भएपछि आज (शुक्रबार) बैठक बसेको हो । गत असार १० गतेदेखि शुरुभएको स्थायी कमिटी बैठक नियमित हुन नपाएपछि लम्बिएको हो ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार निर्धारित ११ बजेपछि पौने १२ बजे बैठक शुरुभयो । पार्टीभित्रको आन्तरिक विवाद चुलिएपछि दुई अध्यक्षले साउन ३० गते ६ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलले पार्टीको आन्तरिक विवाद सल्टाउने सुझावसहितको विषय तयार गरेर भदौ ६ गते प्रतिवेदन बुझायो । सोही प्रतिवेदनको आधारमा दुई अध्यक्षले प्रस्ताव तयार गरेर आजको बैठकमा पेश गर्नु हुने भएपछि त्यसमा केन्द्रित भएर आज छलफल हुने बताइएको छ ।

२०७७ भाद्र २६, शुक्रबार ०७:४२ गते 1 Minute 63 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार