
भदौ-२७, काठमाडौं । औषधि व्यवस्था विभागले विभिन्न पाँच कम्पनीलाई स्यानिटाइजर उत्पादनमा प्रतिवन्ध लगाएको छ । मानव स्वास्थ्यमा असर गर्ने खालको रसायनद्वारा निर्मित स्यानिटाइजर उत्पादन तथा बिक्री भइरहेको पाइएको भन्दै विभागले उत्पादनमा प्रतिवन्ध लगाएको हो ।
विभागले नेपाल कायाकल्प उद्योग, काठमाडौंका हाइजिन सोप एन्ड केमिकल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्री, सर्च केमकम हर्बल प्रोडक्ट र सूर्यमुखी हर्बल प्रोडक्टसले बजारमा बिक्री गरिरहेका इन्सटेन्ट ह्यान्ड सेनिटाइजर, इन्सटेन्न्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, एड्भान्स ह्यान्ड स्यानिटाइजर, इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी ह्यान्ड स्यानिटाइजर उप्पादनमा प्रतिबन्ध लगाएको हो ।
हानिकारक रसायन प्रयोग गरेको पाइएपछि यी कम्पनीलाई उत्पादनमा रोक लगाइएको हो ।
विभागले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्डविपरीत मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने मिथानोल अल्कोहलको मात्रा राखिएको देखिएको आज एक सूचना प्रकाशित गर्दै जानकारी दिएको छ । श्रोत: डि.डि.ए.
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।