
भदौ-२९, काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले १९९९ मा पीसीआर परीक्षण गर्ने भएको छ । मंगलबार (भोली) बाट लागु हुने गरी उक्त शुल्क निर्धारण गरिएको कलेजले जनाएको छ ।
यसअघि सरकारले तोकेको भन्दा १९ सय कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्दै आएको थियो । सरकारले ४४ सय पीसीआर परीक्षण शुल्क तोकेका बेला केएमसीका अध्यक्ष डा.सुनिल शर्माले २५ सयमै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएका थिए ।
सरकारले अहिले पुनः पीसीआर परीक्षण शुल्क घटाएर २ हजार कायम गरेको छ । सोही अनरुप केएमसीले पनि शुल्क पूननिर्धारण गर्दै १९९९ मा झारेको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।