
असोज-१, विराटनगर। कोरोना कहरमा फ्रन्टलाइनमै खटिनेमध्येका एक हुन् प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे । उनकै सहकर्मी मन्त्रीहरुको भनाईमा यो कहरमा ‘गौर खटाई खटिएका’ मन्त्री घिमिरे १७ दिनपछि कोरोनामुक्त भएका छन् ।
सामान्य बेलामा पनि प्राकृतिक चिकित्सा, योग, ध्यान र प्राणायामको वकालत गरिरहने मन्त्री घिमिरेले यो अवधिमा पनि तिनै गतिविधि जारी राखेको बताए ।
कोरोनाको लक्षण देखिएपछि परिक्षण गर्दा गत भदौ १५ गते मन्त्री घिमिरेमा कोरोना पुष्टि भएको थियो ।
कोरोना देखिएपछि क्वाटरमा नै आइसोलेसनमा रहेका मन्त्री घिमिरेको भदौ २५ गते गरिएको परिक्षणमा पनि पोजेटिभ नै देखिएको थियो । घिमिरेको बुधबार तेस्रो पटक संकलन गरिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको उनका प्रमुख स्वकीय सचिब तिलकबहादुर बस्नेतले जानकारी दिए ।
भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि मन्त्री घिमिरेलाई झाडापखाला र ज्वरो आएको थियो। त्यसपछि उहाँको स्वाब संकलन गरि परिक्षण गर्दा कोरोना देखिएको थियो।
मन्त्री घिमिरेमा संक्रमण पुष्टि भएपनि उहाँको परिवारका सदस्य र सचिवालयका कर्मचारीको रिपोर्ट नेगेटिभ आएको थियो । स्वकीय सचिब राम पोख्रेलको रिपोर्ट पोजेटिभ आए पनि उनी मन्त्री घिमिरेको क्लोज कन्ट्याक्टमा थिएनन ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।