२०८० आश्विन १४ आईतवार

नाता प्रमाणित हुन नसकेपछि मुख्यमन्त्री राई बिरुद्दको मुद्दा बालिका खड्काले लिइन् फिर्ता

असोज -१, काठमाडाैं । प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईलाई श्रीमान् दावी गर्दै आएकी बालिका खड्काले मुद्धा फिर्ता लिएकी छिन् । मुख्यमन्त्री राई र आफू श्रीमान्-श्रीमती भएकाे दावी गर्दै विभिन्न मिडियमा अन्तर्वार्तासमेत दिएकी खड्का आफैले काठमाडौ जिल्ला अदालतमा पुगी मुद्धा फिर्ता लिएकी हुन् ।

उनले मुख्यमन्त्री लाईविरूद्ध जाहेरी दिएर विभिन्न मिडिमा अन्तर्वार्ता दिँदै श्रीमान् श्रीमतीकाे नाता कायम हुनुपर्ने दावी गर्दै आएकी थिइन् ।मुख्यमन्त्री राई र आफूबीच श्रीमान्-श्रीमतीकाे नाता प्रमाणित गर्न कुनै प्रमाण नभए पछि बालिकाले जिल्ला अदालत काठमाडाैंमा पुगेर मुद्धा फिर्ता लिएका हुन् ।

मुद्धा फिर्ता गर्नका लागि खड्काले दिएकाे निबेदनमा अरुको दुरुत्साहनमा परी शेरधन राईकी श्रीमति भनी दाबी गरि अंश माग गरिएको उल्लेख गरिएकाे छ ।

काठमाडाैं जिल्ला अदालतका जिल्ला न्यायाधीस राजुकुमार खतिवडाकाे इजलासमा भनिएकाे छ ‘ शेरधन राईसंग अंश माग गर्नका लागि श्रीमान-श्रीमतिको नाता कायम भएको वा हुन सक्ने म संग कुनै आधार प्रमाण नभएको र वास्तविक रुपमा हाम्रो त्यस्तो कुनै पनि सम्बन्ध नरहेको हुंदा यसरी नाता कायमै हुन नसक्ने भएपछि म आफूले लिएको अंश दावी साबित गर्न नसक्ने, प्रमाणित गर्न नसक्ने भएको हुंदा उक्त मुद्वा फिर्ता लिनको लागि मुलुकी देवानी कार्यविधी संहिता,२०७४ को दफा १९६ बमोजिम मुद्वा फिर्ता लिएकाे उल्लेख छ ।’

अदालतमा पेस गरेकाे निबेदनमा खड्काले भनेकी छिन् ‘ बास्तवमा मेरो र शेरधन राईकोबीचमा कुनै सम्बन्ध नरहेको, आफूसंग साबित गर्ने कुनै प्रमाण पनि नभएकोले गल्ती स्वीकार गरि निबेदन दिएकी हुँ ।

२०७७ आश्विन १, बिहीबार १३:३८ गते 1 Minute 47 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।