गायक मणी काङमाङ राईलाई उर्जा दिने भिडियो “हारिसके……” यूट्वमा आउदै

Spread the love

असोज-१, धरान। विगत लामो समयदेखि गायन र सृजनामा लागेका पप आधुनीक जनराका गहकिला र सुमधुर आवाजका धनी मणी काङमाङ राईले हारीसके….. बोलको गितको म्यूजीक भिडियोको सुटिङ भरखरै सम्पन्न गरेका छन ।

धरान, इटहरी र भेडेटारको सुन्दर र मनमोहक दृष्यहरु कैदगरी निर्माण गरिएको यस म्यूजिक भिडियो गायक राईको १२औ भिडियो हो ।
एउटा विवाहीत प्रेम जोडीको अघात माया, प्रेम, सम्बेदना, आवेग र विछोडको सुन्दर घुलन नै यस भिडियोको मूल सन्देश हो ।

भिडियोमा कथाको घटनाक्रमले त्रिकोणात्मक प्रेम कहानी सृजना गरेको देख्न सकिन्छ । यस भिडियोका मूख्य केन्द्रिय पात्र सुनिता तामाङ रहेका छन् । उनी दूई पुरुषसंग जिन्दगी जोडन् र टुक्रयाउन पुग्ने नारी पात्रका रुपमा निर्देशक रसिकले बोझिलो जिम्मेवारी दिएर उभ्याएका छन् । उनको यो देब्यू म्यूजिक भिडियो हो ।
अन्य फिचरीङमा गायक काङमाङ आफै भिडियोमा देखिएका छन भने पूर्वमा रंगमञ्चबाट स्थापीत कलाकार शंखर थापाको समेत अभिनय रहेको छ । राकेश किरातीको छायाँङकन, महेश सिग्देलको मेकअप रहेको छ भने यस भिडियोलाई इन्जोरामेन्ट प्रोडक्सनले उत्पादन गरेको छ ।

भिडियो स्वास्थ्य मनोरञ्जन र शन्देस मुलक हुनुका साथै कथानक रहेको निर्देश विशाल “रसिक” राईले बताए । उनले थपे- “भ्याली भित्रका आम मानिसको हामी प्रतिको हेराई हेपाहा प्रबृत्तीको छ । मोफसलका हरेक उत्पादनहरु तल्लो दर्जामा हेरीने दृष्किोणवालाहरुलाई दरो चुनौती दिनको लागि र गर्दाखेरी मोफसलमा पनि गतीलै काम गर्न सकिन्छ भन्ने एउटा उदाहरण दिनको लागि भएपनि हामीले भने जस्तै मिहिनेत गरेका छौ, र काम पनि राम्रै भएको छ ।”

भिडियोका सम्पूर्ण कामहरु सम्पन्न भइसकेकोले अबको केही हप्ता भित्रमा यूट्व मार्फत आधिकारी रिलिज गर्ने योजना रहेको भिडियो निर्माता, गायक तथा संगीतकार मणी काङमाङ राईले इ पोष्ट टाइम्सलाई  जानकारी गराए ।

 

46850cookie-checkगायक मणी काङमाङ राईलाई उर्जा दिने भिडियो “हारिसके……” यूट्वमा आउदै

प्रतिकृया दिनुहोस्