धरानमा हिजो र आज गरी४ जनामा कोरोना सङ्क्रमित पुष्टी

Spread the love

असोज-३, धरान । धरानमा ४ जना थप कोरोना सङ्क्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार हिजो साँझ २ जना र आज बिहान २ जना गरी जम्मा ४ जनामा थप कोरोना सङ्क्रमित पुष्टी भएको छ ।

स्वास्थ्य महाशाखाका प्रमुख मेहेताका अनुसार हिजो धरान ९ आचार्य लाइनका ६० वर्षीय पुरुष र धरान ११ दुर्गा चौकका ३४ बर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यसै गरी आज धरान बिहान धरान ११ का ७३ वर्षीय पुरुष, धरान १८ का ४० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक थपिएका कोरोना सङ्क्रमितहरू आफैले स्वास्थ्य परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ ।

47060cookie-checkधरानमा हिजो र आज गरी४ जनामा कोरोना सङ्क्रमित पुष्टी

प्रतिकृया दिनुहोस्