
असोज-३, धरान । भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । उनको उपचारको क्रममा विराटगनरस्थित न्युरो हस्पिटलमा आज बिहान निधन भएको हतुवागढ़ी गाउँपालिकाले पुस्टि गरेको हो ।
हतुवागढी गाउँपालिकाका अनुसार उपाध्यक्ष राईको आज बिहान करिब साढे ३ बजेतिर निधन भएको हो । मृतकको शव अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने कार्य भइरहेको र उनको पर्थिप शरीरलाई के कसरी, कहाँ सद्गत गर्ने भनेर गाउँपालिकामा आपतकालीन बैठक बस्दै गरेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।
स्वास्थ्यमा केही समस्या देखिएपछि उपाध्यक्ष राई वीपी प्रतिष्ठानमा उपचारको लागि आएकी थिइन् । वीपी क्याम धरानले २ दिनअघि न्युरो हस्पिटल बिराटनगर रिफर गरिदिएको थियो । ‘ठुलो स्वास्थ्य समस्या नभएको, प्राथमिक स्वास्थ्य केन्द्र हतुवागढ़ी घोडेटारमा जचाउन जादा पनि केहि सुधार नभएकोले बीपी क्याम जानु भन्ने सुझाव दिएपछि वीपीमा थप उपचारको लागि हतुवागढ़ी गाउँपालिकाले झर्ने व्यवस्था मिलाएको थियो।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।