२०८० आश्विन ७ आईतवार

हतुवागढीकी उपाध्यक्षलाई धरानमा राष्ट्रिय झण्डा ओढाएर मुख्यमन्त्रीको सम्मान, अन्त्येष्टी आजै गरिने

असोज-४, धरान । उपचारको क्रममा केहि दिन अगाडी बिराटनगरमा निधन भएका हतुवागढी गाउँपालिका भोजपुरका उपाध्यक्ष चन्द्रमा राईलाई बीपी क्याम धरानमा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र नेकपा प्रदेश १ कमिटि अध्यक्ष देवराज घिमिरेले पार्टीको झण्डा ओढाएका थिए भने सभामुख प्रदीपकुमार भण्डारीले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।

मृतक उपाध्यक्ष राईको पार्थिव शरीरमा राष्ट्रिय झण्डा र पार्टीको झण्डासमेत ओढाएर सम्मान व्यक्त गरिएको थियो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ नम्बर मैदानमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । मृतक राईलाई श्रद्धाञ्जली व्यक्त गर्न सांसद उमिता वराइली, सावित्री श्रेष्ठ जोशी, नेकपा १ नम्बर प्रदेश कमिटि अध्यक्ष देवराज घिमिरेलगायत नेता, कार्यकर्ताहरुको उपस्थित थिए । मृतक राईको पार्थिव शरीरलाई आजै हेलिकप्टरबाट हतुवागढी लगिएको छ । उनलाई गाउँमा नै किराती राई सँस्कार अनुसार अन्त्येष्टी गरिने कार्यक्रम रहेको हतुवागढ़ी गाउँपालिकाले बताएको छ ।

मृतक उपाध्यक्ष राई गएको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट निवार्चित भएकी थिइन् ।

२०७७ आश्विन ४, आईतवार ०७:५३ गते 1 Minute 48 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार