
-प्रकाश दिप्साली राई
असोज-७, नडाहा। सर्वाधिक लोकप्रिय आख्यानकार तथ कवि राजन मुकारुङको शब्द र सङ्गीत रहेको “ज्यानै हाजिर भो …” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गत असोज -५ गतेको दिन मैलिक रैथाने संस्कृतिमा आधारित रहेको सो गीतको सार्वजनिक गरिएको हो । सो गीतमा ब्रबिम सेर्मा र सीता सिंगकको कर्णप्रिय स्वर रहेको छ। गीतलाई प्राय गीत लेखनमा रमाउने राजन मुकारुङ यो गीतमा भने स्वयंले नै संगीतमा भरेका हुन् । यो गीतमा सङ्गीत भरेसङ्गै उनी संगीतकारको रुपमा समेत उदाएका छन् ।
पदम राजन मगरको संयोजन, मुस्कान मुकारुङको मिक्सिङ र मास्टरिङ रहेको गीतलाई किरण चाम्लिङ राईले म्युजिक भिडियो बनाएका हुन् । भिडियोमा ब्रबिम सेर्माका साथमा इक्सा मादेन र पुष्पा लिम्बूले अभिनय गरेका छन् ।
थैली ईन्टरटेनमेनको प्रस्तुती रहेको सो गीतमा सोम मगरातीको श्रृङ्गार, भूपेन्द्र तुम्बाहाम्फेको छायांकन र अनिल रानाको सम्पादन रहेको छ । सो गीतको म्युजिक भिडियो ओरिजिन नेपालमार्फत हेर्न र सुन्न सकिन्छ ।
२०७७ आश्विन ७, बुधबार ०८:३३ गते
1 Minute
111 Views
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।