२०८० चैत्र १६ शुक्रबार

वीपी प्रतिष्ठानमा थप २ जना कोरोना संक्रमितको मृत्यु, प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ३३ पुग्यो

असोज-९ धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कानेपोखरी १ मोरङका ५५ बर्षीय पुरुष छन् भने अर्का प्रदेश नं २ को सप्तरी जिल्लाका ७० बर्षीय पुरुष छन् । प्रतिष्ठानका अनुसार राजविराज ३ सप्तरीका ७० बर्षीय पुरुषको हिजो राती ११ बजे मृत्यु भएको हो । उनलाई भदौ २८ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । ज्वरो, खोकी, श्वासप्रश्वास र निमोनिया भएपछि उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले वीपीमा रिफर गरिदिएको थियो ।

यस्तै, मोरङ कानेपोखरीका ५५ बर्षीयको हिजो साँझ ८ बजे निधन भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनी आन्द्राको क्यान्सर भएर सल्यक्रिया भएको र शरीरको अन्य भागमा पनि फैलिएको अवस्थामा आइसियुमा उपचाररत थिए । पिसिआर पोजेटिभ भएपछि उनी कोभिड अस्पतालमा भर्ना भएका थिए ।

२०७७ आश्विन ९, शुक्रबार ०८:२५ गते 1 Minute 71 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार