गायक मणी काङमाङ राईको प्रतिक्षीत भिडियो “हारीसके”आज रिलिज

Spread the love

असोज-९, धरान । धरानका यूव गायक मणी काङमाङ राईको एक महत्वकांक्षी सुन्दर गीत ‘हारीसके’  बोलको गितको म्यूजीक भिडियो आज शुक्रबार म्यूजीक नेपालको आधिकारी यूट्युव च्यानलबाट औपचारीक रिलीज भएको छ ।

धरानका यूवा संचारकर्मी एवं ब्याबसायी विशाल रसिक राईको गीत लेखन, संगीत परिकल्पना र निर्देशनमा तयार भएको उक्त गीतका ह्याभी वेइट पप आधुनीक गायक मणी काङमाङ राईको संगीत संयोजन तथा आवाज रहेको भिडियो केही प्रयोगात्मक र फरक शैलीमा तयार भएको छ ।

विशाल रसिक राईको निर्देशनमा तयार भएको उक्त म्यूजिक भिडियो धरान आसपासका क्षेत्र, इटहरी र भेडेटारको सुन्दर र मनमोहक स्थलहरुमा छायाङकण गरीएको देख्न सकिन्छ । यस म्यूजिक भिडियो गायक राईको १२औ भिडियो हो । भिडियो निर्माणमा पछिल्लो समय सांगीतिक भाव भन्दा कथानक दृष्य समिटिएको म्यूजीक मिडियो आम दर्शकहरुले खोजी गरेको पाइन्छ । यस भिडियो पनि सुन्दर कलात्मक लयमा तयार गरेका छन निर्देश रसिकले ।

यस भिडियोमा सुनिता तामाङ, मणी काङमाङ र नाट्य रंगमञ्चका कलाकार शंखर थापाकोे अभिनय रहेको छ । इन्जोरामेन्ट प्रोडक्सन कम्पनीले उत्पादन गरेको यस भिडियोमा महेश सिग्देलको मेकअप र राकेश किरातीको छायाँङकण (सिनेमाटोग्राफि) रहेको छ ।

47280cookie-checkगायक मणी काङमाङ राईको प्रतिक्षीत भिडियो “हारीसके”आज रिलिज

प्रतिकृया दिनुहोस्