२०८० जेष्ठ १८ बिहीबार

स्व राजकुमारको परिवारलाई प्रबासबासीको १ लाख ३८ हजार ९ सय ३ रुपैया सहयोग

असोज-११, इटहरी । दूवै मृगौला खराव भई गतमहिना निधन भएका राजकुमार राईको परिवारलाई प्रबासमा बस्ने गाउबासीले आर्थिक सहयोग गरेका छन् ।

सिंगापुर पुलिस फोर्समा कार्यरत तथा विश्व सरोकार समाजका संस्थापक संयोजक रामप्रसाद रङाहाङ राई र राजकुमार रङाहाङ राईको अगुवामा संकलीत १ लाख ३८ हजार ९ सय ३ रुपैया रकम स्व. राईको श्रीमती रत्ना राईलाई निवासमै गइ हस्तान्तरण गरेको हो । अभियानमा साइप्रसमा बसोबास गरीरहेका शरत (कुमारी) राई, मलेसियाबाट श्री राईले समेत रकम संकलन गरेका थिए ।

मृगौला रोगी स्व. राईको उपचारमा आर्थिक समस्या हुँदै गएपछि स्वतहस्फुर्त स्वादेश तथा विदेशमा बसोबास गर्ने जिल्लाबासीले मृगौला पीडित राजकुमार राई बचाउ अभियान संचालन प्रारम्भ गरेका थिए । उक्त अभियान मार्फत रकम संकलन हुँदैगर्दा एक्कासी उनको निधनपछि अभियान स्थगन गरीरएको थियो तथापी तत्काल संकलन भइसकेको रकमलाई स्व. राईको परिवारलाई नै हस्तान्तरण गर्ने निधो भएअनुसार सो रकम हस्तान्तरण गरिएको हो ।

भोजपुरको हतुवागढी गाउँपालिका साविक वडा नं. ८ स्यावाराङ स्थायी घरभई हाल परिवार सहित इटहरीमा बसोबास गर्दै गरेका स्व. राजकुमार राई विगत ८ महिनादेखी दूवै मृगौला खराव भई डाइलसीस गराउदै स्वास्थ्यलाभ गरीरहेका थिए । उपचारकै क्रममा गत महिना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनको निधन भएको थियो ।

अभियानबाट संकलीत उक्त रकम हतुवागढी दिमालुङ पर्यटन पूर्वधार विकास संस्थाका अध्यक्ष, सामाजीक अभियान्ता एवम् पूर्व सिंगापुर प्रहरी फोर्सका जीवन खाहोङ राईले परिवाजनलाई हस्तान्तरण गरेका थिए । परिवारको तर्फबाट सहयोगी हातहरुलाई धन्यबाद ब्यक्त गरेको छ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा किरात राई यायोक्खा सुनसरीका उपध्यक्ष हिन्दुहाङ राई, रङाहाङ सरोकार समाजका प्रतिनिधी गब्बर सिंह (जी.एस.) राई, बालकुमार राई र स्व. राईको परिवारजनको उपस्थिती थियो ।

 

२०७७ आश्विन ११, आईतवार १७:०२ गते 1 Minute 14 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।