
-प्रकाश दिप्साली राई
असोज-१६, नडाहा । जनम थुलुङ्को स्वर तथा सङ्गीत रहेको तिमीलाई हेरी गीतको म्युजिक भिडियो श्रोता तथा दर्शकमाझ आज लन्च गरिएको छ ।
जनम थुलुङ अफिसियल युट्युब च्यानलबाट आज दिउँसो सार्वजनीक गरिएको सो गीतमा जनम थुलुङ्सङ्गै अहिलेकी लोकप्रिय गायिका मेलिना राईको समेत स्वर गुन्जिएको छ । गीत जेन्नी राईले लेखेकी हुन् भने एरेन्ज राजु कार्कीको रहेको छ । गीतमा सच्चा प्रेमलाई समाजले हेर्ने दृष्टिकोण तथा सच्चा प्रेमको अघि जतिसुकै कठोर मान्छेको मन पनि पग्लन्छ भन्ने सन्देश दिन खोजिएको छ ।
एलिश राई र अनुशा राईको अभिनयले गीतलाई जीवन्त बनाउन खोजिएको छ। सो अभिनयको छायांकन क्यामेरामेन ज्ञानेन्द्र शर्माले छन् । सम्पादन विकाश ज्ञवालीको रहेको छ । गीतको परिकलपना तथा निर्देशन एलिश राईले गरेका छन् ।
२०७७ आश्विन १६, शुक्रबार १४:२४ गते
1 Minute
29 Views
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।