२०८० चैत्र १६ शुक्रबार

बराहक्षेत्रमा भोलि कुलमान घिसिङ र गोबिन्द के.सी.को समर्थनमा मोटरसाइकल र्याली गर्ने

असोज-१६, धरान । सकारात्मक परिवर्तनका लागि युवा जमात समूहले भोलि नेपाल बिधुत प्राधिकरणका पूर्व निर्देशक  कुलमान घिसिङको पुनः नियुक्ति र डाक्टर गोबिन्द के.सी.को माग सम्बोधन गर्न माग गर्दै बराहक्षेत्रमा मोटरसाइकल र्याली गर्ने भएका छन् ।
भोलि वराहक्षेत्र नगरपालिकाको नडाहाबाट दिउँसो १२ बजे सुरु हुने सो र्यालीमा एकदमै स्वतन्त्र ढङ्गले युवा जमातको सहभागी हुने अगुवाहरु मध्येका एक असिम राईले इपोस्टलाई जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणमा पुनः कुलमान घिसिङलाई नै नियुक्त गरिनु पर्ने र डा. गोबिन्द के.सी.को माग नेपाली जनताको पक्षमा भएकोले सो मागको सरकारले सम्बोधन गर्नु पर्ने दवाबका निम्ति सो र्यालीको आयोजना गरिएको युवा अगुवा सन्तोष पुरीले बताए ।
उनले थपे “कुलमान घिसिङको बहिर्गमनसङ्गै लोडसेडिङको बोझ नेपाली जनताले भोग्न थालिसकेको , उनी जस्तो सक्षम र सफल व्यक्तिलाई पाखा लगाएर सरकार के गर्न खोज्दैछ ? यस्ता सफल व्यक्तिको समर्थनमा यसरी युवाहरु स्वैच्छिक रुपमा जुट्नु भनेको युवा जमात यो देशमा परिवर्तन चाहन्छन भन्ने सन्देश हो । डा. के.सी.को मागलाई बेवास्ता गर्नु भनेको नेपाली जनता माथी खेलवार्ड गरिनु हो । हामी सरकारलाई घचघचाउनलाई यो र्याली गर्दैछौं ।
भोलिको र्यालीमा कुनै दलको झण्डा हुनेछैन मात्र प्लेकार्ड हुने छ । ” साथै उनले भोलि हुने सो र्यालीमा कुनै जाति पाटि नभइ स्वतन्त्र स्वैच्छिक युवाहरु हुने भएकोले सम्पुर्ण युवा वर्गलाई सहभागी हुन पनि आह्वान समेत गरे ।

२०७७ आश्विन १६, शुक्रबार १४:५८ गते 1 Minute 69 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार