२०८० आश्विन १४ आईतवार

नडाहामा दशै अघि नै अस्थायी प्रहरी चौकी आउने पक्का

-प्रकाश दिप्साली राई
असोज-१७, नडाहा । निक्कै लामो कसरत पछि स्थानीयको माग अनुसार बराहक्षेत्र -३, नडाहामा दशै अघि नै अस्थायी प्रहरी चौकी आउने भएको छ ।
विभिन्न सुरक्षा तथा सामाजिक शान्ति कायमको निम्ति अस्थायी प्रहरी चौकीको माग यहाँका स्थानीय वासिन्दाले निक्कै माग गर्दै आएका थिए । सोही माग अनुरुप गत वर्ष नै वैशाख १० गते केशव पुरीको अध्यक्षतामा समिती गठन गरेर सो प्रक्रिया बढाउदै आएको थियो ।
वडा कार्यालय निर्माणले गर्दा सोचे जस्तो समय दिन नसकिएकोले यो कार्यलाई अहिले सुचारु दिन लागिएको वडाअध्यक्षा रुद्र दाहालले बताए । उनले भने “दशै अघि नै यहाँ अस्थायी प्रहरी चौकी आउने छ । यहाँका जनताको शान्ती सुरक्षाका निम्ति आवश्यक थियो । जो अब पूरा हुँदैछ ।
तत्कालको निम्ति चौकीको निम्ति आवश्यकिय पुर्वाधारहरु किचन घर, चर्पी , फर्निचरको स्वयं स्थानीयवासीले नै व्यवस्थापन गर्ने छ।” जनताकै सकृयतामा हालसालै वडा कार्यालय समेत सम्पन्न गरिसकिएको छ ।
केशव पुरीको अध्यक्षतामा अस्थायी प्रहरी कार्यालयको निम्ति केहि सहयोग रकम पनि उठाइसकिएको छ भने यता गत वर्ष नै नडाहा तीनघरे स्थित किरात मुन्धुम लिमहिम सास्कृतिक परिवार (नेक्स्ट जेनेरेसन)ले देउसी खेलेर पनि ५८ हजार ३ सय ६० रुपैया सङकलन गरिसकेको छ ।
अर्को व्यवस्था नभएसम्मलाई नडाहा चौकबाट उत्तर पुर्वमा रहेको शिवालय मन्दिरको परिसरमा रहेको एउटा सामान्य घरमा अस्थायी रुपमा राखिने र आवश्यक पुर्वाधारहरुको निर्माण कार्य भोलिबाट नै सुरु गरिने पनि बताए ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक पाण्डव राजवंशीले स्थानीयको माग अनुसार अस्थायी प्रहरी चौकीको स्थापना गर्न लागिएको जानकारी दिए । जति सक्दो चाडो नडाहामा अस्थायी प्रहरी चौकी संचालनमा आउने जानकारी दिए । यसघि केशव पुरीको अध्यक्षतामा रहेको कार्य समितिले बराहक्षेत्र -३ को वडाकार्यालय निर्माण सम्पन्न भएको थियो ।

२०७७ आश्विन १७, शनिबार ०४:३१ गते 1 Minute 38 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।