२०८० चैत्र १६ शुक्रबार

कुलमान घिसिङ र डा. गोबिन्द के.सी.को समर्थनमा मोटरसाइकल र्याली

प्रकाश दिप्साली राई
असोज-१७, नडाहा । नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङलाई पुन: नियुक्ती तथा आमरण अनसनरत डा.गोबिन्द के.सी .को मागलाई सम्बोधन गर्न माग गर्दै आज बराहक्षेत्रका युवाहरुले मोटरसाइकल र्याली गरेका छन् । नडाहाबाट दिउँसो १.०० बजे सुरु भएको सो र्याली चतरा, नगरपालिकाको कार्यालय अगाडी चक्रघट्टी, प्रकाशपुर, राजाबास, बाङ्गे हुँदै नडाहामा नै आएर टुङ्गिएको थियो । विभिन्न ठाउँमा वक्ताहरुले आफ्नो धारणासमेत राखेका थिए । यसरी धारणा राख्ने वक्ताहरुमा रमेश कफ्ले, सन्तोष चौलागाई, प्रतीक राई, केशव पुरी लगायत थिए । उनीहरुले कुलमान घिसिङलाई पुन : नियुक्त गर्नुपर्ने , डाक्टर गोबिन्द के.सी.को स्वास्थ्य दिनानुदिन गुज्रिरहदा सरकार कानमा तेल हालेर बस्न नहुने र तुरुन्त डा. के.सी.को माग पूरा गर्नु पर्नेमा जोड दिए । र्यालीमा सहभागीहरुले कुलमान घिसिङ र गोबिन्द के. सी. का पक्षमा लेखिएका विभिन्न प्लेकार्ड तथा उनीहरुका फोटो समेत प्रर्दशन गरेका थिए ।
यो र्याली स्वत स्फुर्त युवाहरुले अगुवाइ गरेको यसका अगुवा सन्तोष पुरीले बताए । “यहाँ न जाती छ न पाटी छ छ त केबल राष्ट्र प्रेम छ । राष्ट्रलाई समृद्धि र परिवर्तन गर्नु पर्छ भन्ने सकारात्मक सोच छ” उनले थपे ।

२०७७ आश्विन १७, शनिबार १२:४२ गते 1 Minute 75 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार