
-प्रकाश दिप्साली राई
असोज-२५, धरान । याक्थुङ कल्चरल ग्रुपले आयोजना गरेको प्रथम अनलाइन पालाम प्रतियोगिताको विजेताहरुलाई हिजो धरानमा पुरस्कार वितरण गरेको छ।
कोभिडको कारणले पटक पटक स्थगित गरिएको सो पुरस्कार वितरण हिजो सामान्य तथा नेपाल सरकारले जारी गरेको मापदण्ड अपनाएर कार्यक्रमको आयोजना गरिएको थियो ।
चौविसे ढाका पसलको हलमा आयोजना गरिएको सो कार्यक्रममा प्रतियोगितामा बिभिन्न विधा तर्फको पुरस्कार वितरण गरिएको थियो । जस अनुसार ताप्लेजुङकी सुनिता लाबुङ पहिलो, तेह«थुमका शिव कुमार सम्बाहाम्फे दोस्रो र धरानकी सुनिता सङ्यक तेस्रो भएका थिए ।
उनीहरूले क्रमशः नगद ५० हजार, ४० हजार र ३० हजारसहित सम्मानपत्र र उपहार प्राप्त गरेका थिए । त्यस्तै, पेपराज माबुहाङ र शान्तिराम खरेलले उत्कृष्ट पालाम चो?लुङ सान्त्वना, विक्रम येक्तेनले सर्वोत्कृष्ट प्रस्तुति, इन्दिरा नेम्वाङले उदयीमान कलाकार, सुमन लिम्बुले सेहोनाम्लाङ, जीवन केदेमले मुक्कुमलुङ र साँगुले ठूलेले साङ्गोती हाङ्गोतीको उपाधि हासिल गरेका थिए ।

उत्कृष्ट तुम्याहाङ समूह सुखविर ताम्लिङ, तेन्छा सेक्सिङ थुम्खो(पब्लिक च्वाइस) कुमार विक, उत्कृष्ट पालाम शब्द निलिमा साम्पाङ राई, उत्कृष्ट फरक समुदाय बम विरही कुलुङ राई र लोपोन्मुख भाकाको उपाधि सरुना लिम्बुले जितेका थिए । उनीहरूले जनहीनगद पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको सह संयोजक सागर सर्गम चेम्जोङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा धरान प्रज्ञा प्रतिष्ठानका प्रमुख तथा पालामविद अम्बिका सम्बाहाम्फे, टेकराज तिगेला, थानाहाङ तिगेला लगायतले बोलेका थिए । कार्यक्रमका प्रमुख अतिथी एवम याक्थुङ कल्चरल ग्रुपका सल्लाहकार सेसेहाङ फियाकले लिम्बु समुदायको लोकप्रिय सस्कृती पालाम लोपोन्मुख हुनै लागेको समयमा याक्थुङ कल्चरल ग्रुपले महत्वपुर्ण जागरणको भुमिका खेलेको बताए।
शान्तिराम खरेलको गाउँमा खुशीयाली
चौथो पुरस्कार विजेता शान्तिराम खरेलको गाउँ नडाहामा उनको पुरस्कार भित्रिएसङ्गै खुशीयाली छाएको छ । पुरस्कार प्राप्त गरेपछि उनलाई बधाई दिनेको ओइरो नै लागेको छ । उनका शुभेच्छुक, शुभचिन्तक एवम लिम्बुजन्य संघ सस्थाहरुले पनि उनलाई बधाई तथा शुभकामना दिएका छन् ।
कार्यक्रममा सहभागी समेत रहेका सस्कृतीप्रेमी मोहन सुब्बाले शान्तिराम खरेलको जीत सिङ्गो नडाहावासीको खुशी रहेको प्रतिकृया दिए । उनले भने अब शान्तिराम खरेल लिम्बू समुदायको सम्पती हो । उनलाई हामीले सदा सम्मान गर्नु पर्छ । संचारकर्मी एवं सुम्वादो कार्यक्रम प्रस्तोता रविन्द्र केदेमले पनि शान्तिराम खरेलले सिङ्गो लिम्बुवान समुदायलाई उर्जा दिएको बताउँदै अब शान्तिराम हाम्रो समुदायको गहना भएको बताए ।
बधाई तथा शुभकामना दिनेहरु प्रती कृतज्ञता ज्ञापन गर्दै प्रतियोगिताको चौथो पुरस्कार विजेता खरेलले आफुले जीवनमै यति ठूलो खुशी पहिलो पल्ट आत्मसात गरेको बताउदै आफुलाई यो स्थानसम्म ल्याई पुर्याउन सहयोग गर्ने सबै सबैमा धन्यवाद ज्ञापन ज्ञापन गरे ।
उनले भने “मैले गर्न सकेसम्म गरेको छु, अब सम्बन्धित समुदाय पनि आफ्नो कला र सस्कृतीको निम्ति जोडतोडका साथ लाग्नुपर्छ । अनि मात्र ती समुदायहरु सबल हुनेछ । मैले जानेको सकेको त अझै पनि लिम्बू सस्कृतीलाई जगेर्ना गर्न लागि पर्ने छु ।”
२०७७ आश्विन २५, आईतवार ०४:२५ गते
1 Minute
74 Views
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।